चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौँ- प्रधानमन्त्री ओली


ललितपुर

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमा नाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् ।

दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए।
शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष ओली र चीनका राष्ट्रपति सीबीच दुई पक्ष भेटवार्तामा भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति असहमति जनाएको उनले बताए।

अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबिच भएको भेटर्वातामा लिपुलेक सम्बन्धमा भारत र चीनले गरेको व्यापारिक सम्झौताको प्रष्टरुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’

आसन्न भारत भ्रमणप्रति लक्षित गर्दै अध्यक्ष ओलीले सीमा समाधान बारे भारतसँगै खोज्ने बताए । ‘खासमा लिपुलेक सीमाको बारेमा भारतसँग वार्ता गरेर समाधान खोज्ने हो । खासमा तेस्रो देशसँग कुरा गर्नुपर्ने थिएन तर लिपुलेकमा भारतसँग व्यापार गर्ने सम्झौतामा चीनले हस्ताक्षर गरेकाले मैले त्यहाँ कुरा राखेँ’, अध्यक्ष ओलीले भने

आफूले राष्ट्रियता प्रति कुरा उठाउँदा केही ‘जान्ने सुन्नेहरूले’ गलत व्याख्या गरेको समेत उनले बताए । ‘हाम्रो देशको सीमा समस्या सम्बन्धमा विश्वसामु देखिने गरी, सुनिने गरी राख्नुपर्छ । त्यही मान्यताका अधारमा मैले चीनका राष्ट्रपति समक्ष राखेँ` उनले भने, ‘कमरेडहरू ढुक्कले अघि बढ्नुहोस् । हाम्रो सफलताको मार्गमा छौँ । देशको नेतृत्व गरिरहेका छौँ, नेकपा एमालेलाई अझै सुदृढ ढङ्गले अगाडि बढाउने हो ।’

चीनका राष्ट्रपति सीले जवाफमा नेपालको सार्वभौम सत्ता, सिमानामा नेपाल भारतको विषय कूटनीतिक वार्ताबाट समाधान गर्न र भौगोलिक अखण्डतामा सधैँ समर्थन रहने बताएको अध्यक्ष ओलीले जनाए ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...