भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह


काठमाडौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ ।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे सचेत गराएको हो ।

ब्युरोका अनुसार भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ एप ह्याक हुने, आर्थिक क्षति पुग्ने, कम्प्युटर वा मोबाइलमा भाइरस लाग्ने तथा अन्य साइबर सुरक्षासम्बन्धी समस्या देखिन सक्ने खतरा रहन्छ ।
सरकारले फेसबुक लगायतका केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताहरू नेपालबाहिरको सर्भर प्रयोग गरेर भीपीएनमार्फत ती प्लेटफर्महरू प्रयोग गरिरहेका छन् । यसै सन्दर्भमा ब्युरोले सुरक्षा जोखिमका कारण यस्तो प्रवृत्ति रोक्न सुझाव दिएको हो ।

साइबर ब्युरोले सेवा प्रयोग गर्दा सुरक्षा सजगता अपनाउन, अवैध माध्यमबाट इन्टरनेट प्रयोग नगर्न र डिजिटल उपकरणमा आधिकारिक एप्लिकेसन तथा सफ्टवेयर मात्र प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...