भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह


काठमाडौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ ।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे सचेत गराएको हो ।

ब्युरोका अनुसार भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ एप ह्याक हुने, आर्थिक क्षति पुग्ने, कम्प्युटर वा मोबाइलमा भाइरस लाग्ने तथा अन्य साइबर सुरक्षासम्बन्धी समस्या देखिन सक्ने खतरा रहन्छ ।
सरकारले फेसबुक लगायतका केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताहरू नेपालबाहिरको सर्भर प्रयोग गरेर भीपीएनमार्फत ती प्लेटफर्महरू प्रयोग गरिरहेका छन् । यसै सन्दर्भमा ब्युरोले सुरक्षा जोखिमका कारण यस्तो प्रवृत्ति रोक्न सुझाव दिएको हो ।

साइबर ब्युरोले सेवा प्रयोग गर्दा सुरक्षा सजगता अपनाउन, अवैध माध्यमबाट इन्टरनेट प्रयोग नगर्न र डिजिटल उपकरणमा आधिकारिक एप्लिकेसन तथा सफ्टवेयर मात्र प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...