Breaking news 1

पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ । डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ ।आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो ।तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ...
नेपाल तेस्रो पटक विश्वकप खेल्ने

नेपाल तेस्रो पटक विश्वकप खेल्ने

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल तेस्रो पटक विश्वकप खेल्ने पक्का भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो। सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो। नेपालले आज ओमानसँग अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ। ओमानको भूमिमा पुरानो इतिहास मेटाउँदै नेपालले अल अमेरतमा नेपाली क्रिकेटको एक नयाँ इतिहास लेखेको छ। सन् २०२४ मा १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको नेपालले लगातार दोस्रो पटक टी२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो। सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। उनै पारस नेतृत्वको क्यानले लगातार दोस्रो पटक आफ्नो पछिल्लो पुस्ताले विश्वकप खेलेको हेर्नेछ। विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीले पछिल्लो केही महिनायता राम्रो तयारी गरिरहेको छ। नेपाली टि...
निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजना निर्माणमा अवरोध

निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजना निर्माणमा अवरोध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौं निःशुल्क सेयर माग्दै निर्माणाधीन र निर्माणमा जान लागेका विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीयले अवरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो। इप्पानका अनुसार बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट), बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अपर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेसमखोला हाइड्रोपावर (४१ मेगावाट) र सिता हाइड्रोपावर (४६ मेगावाट) आयोजनामा स्थानीयले अवरोध गरेका छन् ।कतिपयले समयमै सेयर जारी नगरेको भन्दै आयोजनामा अवरोध गर्न थालेका छन् । १० प्रतिशत निःशुल्क सेयरका साथै पूर्वाधार विकास अन्तर्गत सडक, विद्यालय, स्वास्थ्य स...
विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापान र कतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ ।नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। ने...
प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म : संविधानमाथि प्रश्न गर्दै १० वटा रिट

प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म : संविधानमाथि प्रश्न गर्दै १० वटा रिट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसंसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको भन्दै रिट दायर भएका हुन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यसबाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छयससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा सार्वजनिक पदमा पुनः नियुक्त गर्न निषेध गरे पनि त्यही व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै रिट निवेदकले संविधानको गम्भीर उल्लङ्घन भएको दाबी गरेका छन्। सर्वोच्च अदालतको पूर्व न्यायाधीशसमेत रहेका व्यक्तिले असंवैधानिक रूपमा प्रधानमन्त्री प...
दुई महिनामा ३ खर्ब ५२ अर्बको रेमिट्यान्स भित्रियो

दुई महिनामा ३ खर्ब ५२ अर्बको रेमिट्यान्स भित्रियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले वृद्धि भएको थियो । २०८२ सालको भदौ महिनामात्रै रु. १७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको भदौमा यो रकम रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १४.२ प्रतिशत थियो । समीक्षा अवधिमा खुद द्वितीय आय रु. ३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो आय रु. २८७ अर्ब ७६ करोड थियो । वैदेशिक रोजगारीका लागि अन्तिम ...
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्। ...
नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं २३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित ...
हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक, विपीनको न सास भेटियो न लास

हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक, विपीनको न सास भेटियो न लास

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौँहमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । इजरायली सेनाले १३ जना बन्धक हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जानकारी दिदै उनीहरुलाई सेनाको ब्यारेकमा लगिन लागेको बताएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ । ...
जेनजी आन्दोलनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोलसहित देखिएका युवक पक्राउ

जेनजी आन्दोलनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोलसहित देखिएका युवक पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएका युवक तेन्जेन दावा प्रहरी नियन्त्रणमा रहेका छन् ।पेस्तोल' देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् । हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ ।अहिले दावासँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको छ । ...