Breaking news 1

तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ - पानी पर्नेक्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरु भएको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो ।  हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश  प्रदेश र कोशी प्रदेशलगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ । विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।  देशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ  ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भएको छ । ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले संसद्मा भने । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया सुरु भएको छ । विपक्षी सांसदहरूले उनको भनाइ संसद्को अभिलेखबाट हटाउन मागसमेत गरेका छन् । कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसद्मा व्यक्त गर...
निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेपछि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमार्फत निजी शिक्षण संस्था (विद्यालय/कलेज) मा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ३ प्रतिशत कर उठाउने घोषणा गरेका थिए । यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था सञ्चालक, उपभोक्ता अधिकारकर्मीले सरकारलाई आग्रह गरेका छन् ।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अत्यावश्यक वस्तुमा अनावश्यक कर लगाएर सर...
बजेटका विरोधाभाष बारे पुर्व मन्त्री ज्ञवाली

बजेटका विरोधाभाष बारे पुर्व मन्त्री ज्ञवाली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रस्तुत बजेट बारे पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फेसबुक मार्फत विरोधाभाष सार्वजनिक गरेका छन्।ज्ञवालीका लेखेका छन् " विगतमा देशलाई ऋणमा डुबाइयो भन्ने भाष्यको जगमा खडा भएको सरकारको पहिलो बजेटमै (वाह्य २ खर्ब ४७ अर्ब र आन्तरिक ४ खर्ब १० अर्ब) गरी ६ खर्ब ५७ अर्ब ऋणको प्रबन्ध गरेको छ ।कुल बजेटको २० प्रतिशत पुँजीगत खर्च प्रस्ताव गरेर ७ प्रतिशत आर्थिक वृद्धिको परिकल्पना गरेको छ, जुन असंभवप्रायः देखिन्छ ।करको बोझबाट जनतालाई मुक्ति दिने बाचा गरेको सरकारले घरायशी प्रयोजनको विद्युत् महसुल र राइड सेयरिङमा पनि भ्याट लगाउने नयाँ प्रबन्ध गरेको छ ।'शिक्षा समता शुल्क'का नाममा निजी विद्यालयमा नानीबाबु पढाउने अभिभावकबाट ३ प्रतिशत शिक्षा कर र निजी अस्पतालमा उपचार गर्ने विरामीबाट ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' लिने घोषणा गरेको छ - विद्यालय या अस्पताल सञ्चालकबाट होइन । हालै निजी अस्पताल...
२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, पूर्वाधार विस्तार र प्रशासनिक पुनर्संरचनालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।सरकारले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ भने १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना सार्वजनिक गरिएको छ ।यस पटकको बजेटको मुख्य आकर्षण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल अर्थतन्त्र बनेको छ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ ...
बजेट स्वीकृत गर्न बोलाइयो मन्त्रिपरिषद् बैठक

बजेट स्वीकृत गर्न बोलाइयो मन्त्रिपरिषद् बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले आज आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। ...
आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।गणतन्त्र स्थापना भएको अर्को वर्षदेखि नै सैनिक मञ्च टुँडीखेलमा आजका दिन विशेष समारोह आयोजना हुँदै आएको छ । गणतन्त्र दिवसको स्वागत आज बिहानै नेपाली सेनाले तोप पड्काएको छ ।सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने कार्यक्रम रहेको छ । हरेक वर्ष प्रधानमन्त्रीबाट संबोधन हुँदै आएको विशेष समारोहमा यस वर्ष भने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । अघिल्ला वर्षहरुमा राष्ट...
भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

Breaking news 1, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो । समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि बुधबार प्रतिवेदनको सिफारिस खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ । आयोगले बुधबार नै आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।आयोगले मानवअधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, सुरक्षा निकाय प्रमुखलगायतलाई कारबाही सिफारिस गरेको छ । २४ भदौको घटनामा जोडिएका रास्वपाका १७ सांसदसह...
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन ।नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसै गरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिए । ...
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए।प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे । प्रधानमन्त्री शाहले भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण...