Breaking news 1

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ।एटलान्टास्थित मर्सिडिज–बेन्ज रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा निर्धारित समय सकिनै लाग्दा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।खेलको दोस्रो हाफमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको अधिकांश समय अग्रता जोगाएको इङ्ग्ल्यान्ड अन्तिम क्षणमा दबाब थेग्न नसक्दा सन् १९६६ पछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो । तेस्रो विश्व उपाधि विजेता तथा साविक च्याम्पियन अर्जेन्टिनाले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरे पनि सुरुआती प्रयास सफल हुन सकेका थिएनन् । कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले धेरै अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्...
बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्यता र विकासको वास्तविक मापन त्यस देशमा बालबालिकालाई गरिने व्यवहार र उनीहरूले पाएको अधिकारका आधारमा हुन्छ। 'बालमैत्री' भन्नाले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उनीहरूको उमेर, क्षमता र संवेदनशीलता अनुकूलको वातावरण निर्माण गर्ने प्रक्रिया हो। बालबालिका शारीरिक, मानसिक र भावनात्मक रूपमा वयस्क जति परिपक्व नहुने भएकाले उनीहरूका लागि विशेष संरक्षण र स्नेहको आवश्यकता पर्दछ। बालमैत्री समाजको निर्माण गर्नु कुनै दया वा परोपकार नभएर बालबालिकाको नैसर्गिक अधिकार हो र राज्यको अनिवार्य दायित्व हो।सयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि ईस्वी संवत् १९८९ र नेपालको संविधानले बालअधिकारलाई प्रमुख रूपमा चारवटा स्तम्भमा वर्गीकरण गरेको छ, जसलाई बालमैत्री अवधारणाको जग मानिन्छ।...
सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

Breaking news 1, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – सुकुम्वासीकाे समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सङ्घ सरकारका ६ जना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ । गृहमन्त्री सुधन गुरुङ, भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो । हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्वासीलाई पनि खरिपाटीको होल्डिङ सेन्टरमा राखिएको छ । केही समयदेखि सुकुम्वासीलाई खानासमेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान कीर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्वासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि झनै बढेको हो । सुकुम्वासीसँगको भेटमा भूमिमन्त्री रावलले सरकारले सक्दो चाँडो सुकुम्वासीलाई लालपुर्जा वितरण गर्...
मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज
बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसालाई बुझिन्छ । यस्तो हिंसाले पीडितमा सबैभन्दा पहिले डर र असुरक्षाको भावना पैदा गर्छ । जुनसुकै बेला पनि केही हुन सक्छ भन्ने भयका कारण उनीहरू सधैं सतर्क रहनुपर्ने अवस्थाबाट गुज्रिन्छन् । यसका कारण झस्किने, आत्तिने, आत्मविश्वास गुम्ने, दैनिकीप्रति रुचि घट्नेजस्ता लक्षण देखिन थाल्छन् । हिंसा लामो समयसम्म निरन्तर भइरहँदा सहयोग गर्ने व्यक्ति नपाएपछि निराशा, एक्लोपन र भावनात्मक थकान बढ्दै जान्छ । कतिपय अवस्थामा अत्यधिक चिन्ता, डिप्रेसन र पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या नै देखिन्छन् । पीडितहरूमा निद्राको समस्या, चिडचिडापन, बिनाकारण रिस आउने, लाज र अपराधबोधको भावना पनि देखिन्छ । यी सबैले घरायसी र पेसागत जीवन दुवैमा असर पार्छ । गम्भीर अव...
राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौँ राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विश्वकर्माले सरकारको व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले आगोमा जलेका गणेश नेपालीलाई उद्धार गर्ने क्रममा सुरक्षाकर्मीले अमानवीय व्यवहार गरेको आरोप लगाए । ‘जलिरहेको मान्छेलाई अपराधीझैँ घिसारेर अस्पताल पुर्‍याइयो । त्यहाँ रहेका प्रहरी गणेश नेपाली आगोमा जलिरहँदा भागे,’ उनले भने, ‘उहाँलाई अपराधीझैँ घिसारेर लगियो । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीमाथि कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा देओस् ।’सांसद विश्वकर्माले सरकारको ‘क्रुरता’ का कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको जिकिर गरे । ‘आगोमा जलिर...
गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंमुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिएका हुन् । साथै मन्त्री गुरुङले छानबिन तथा सोधपुछका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको जानकारी दिएका छन् । ...
संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय

संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले गत वैशाखमा ल्याएका आठ अध्यादेशमध्ये चार अध्यादेश संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् । संविधानले तोकेको ६० दिनको समयसीमाभित्र संसद्बाट पारित हुन नसकेका अन्य चार अध्यादेश भने स्वतः निष्क्रिय भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए । ती अध्यादेश २८ वैशाखमा संघीय संसद्का दुवै सदनमा पेस गरिएका थिए । संविधानको धारा ११४ अनुसार संसद्का दुवै सदनमा अध्यादेश पेस भएको ६० दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ । नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । ती आठ अध्यादेशको ६० दिनको संवैधानिक समयसीमा बिहीबारसम्म थियो । सरकारले जारी गरेका आठ अध्यादेशमध्ये सुरुबाटै राजनीतिक विवादमा परेका चार अध्यादेशलाई संसद्को नियमित प्रक्रियामै अघि नबढाई ‘होल्ड’ गरिएको थियो ।...
अध्यादेश प्रतिस्थापन चार वटै विधेयक राष्ट्रिय सभाबाट पारित

अध्यादेश प्रतिस्थापन चार वटै विधेयक राष्ट्रिय सभाबाट पारित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई पारित गर्ने प्रस्ताव राखेकी थिइन् । जसलाई सभाले स्वीकार गर्‍यो ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखे ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखिन् ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव राखिन् । चार वटै विधेयकलाई सभाले पारित गर्‍यो ।यही असार २३ गते राष्ट्रिय सभाले...
शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी, विदेशमा विद्यार्थी अलपत्र परे संस्थाबाटै क्षतिपूर्ति

शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी, विदेशमा विद्यार्थी अलपत्र परे संस्थाबाटै क्षतिपूर्ति

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंशैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने भएको छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनु पर्ने भनिएको छ । सेवा सञ्चालन गर्न चाहने संस्थाले कार्य सञ्चालन गर्नुपूर्व शिक्षा मन्त्रालयमा अनुमतिका लागि निवेदन दिनु पर्नेछ ।निवेदनका सम्बन्धमा मन्त्रालयले अधिकृतद्वारा जाँचबुझ गराउन सक्नेछ । र, निवेदनका बेहोरा मनासिव देखिएमा धरौटी राख्न लगाई तीन महिनाभित्र शैक्षिक परामर्श सेवाको कार्य प्रारम्भ गर्ने गरी अनुमति प्रदान गरिने छ । शैक्षिक परामर्श सेवाको लागि धरौटी रकम २५ लाख र शाखा थपमा पनि २५ लाख नै राख्नु पर्ने भनिएको छ ।अनुमतिपत्र प्राप्त संस्थाले प्रचलित कम्पनी कानुनबमोजिम शाखा विस्तार गरेमा त्यस्तो विस्तार भएको शाखाबाट सेवा सञ्चालन गर्न निवेदन दिनु पर्ने...
यि हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

यि हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।उनका अनुसार, बुधबारको बैठकले सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद् बैठकका निर्णयहरू-१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत ४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत ५.का...