पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड
बुटवलनेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसमा वोल्ने वक्ताहरुले पुष्पलालको त्याग,समर्पण र उच्च नैतिकताको अनुसरण गर्न नसकेकोले कम्युनिस्ट पार्टीहरूमा विचलन आएको वताएका छन्।विहिबार बुटवलमा सम्पन्न पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशामा बहस कार्यक्रममा वोल्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल विभाजन नभई एकताका शुत्राधार रहेको र अहिलेका कम्युनिस्टहरुको यसमा कमजोरी रहेको र एमाले लगायतका नेपालका कम्युनिस्ट पार्टीहरुले गहिरो आत्म समिक्षा गर्नुपर्ने औल्याएका छन्।
विहिबार देशका विभिन्न भागमा पुष्पलालको स्मृति गरिएको र रुपन्देहीमा रहेका पुष्पलालका प्रतिमामा माल्यार्पण गरि सुभारम्भ गर्दै पुष्पलाल जस्ता योगदान दिएका व्यक्तिहरूका प्रतिमाहरू आन्दोलनमा आक्रमण गरिएको भग्नावशेष वनाउनु अत्यन्त पिडादायी रहेको र यो क्षम्...








