Breaking news 1

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज
बुटवलआज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् ।विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिन्छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । ‘विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव ...
चालु आर्थिक बर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

चालु आर्थिक बर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो ।आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ । ...
आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँआज विश्व रेडियो दिवस विश्वभर मनाइदैछ । हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसंघीय रेडियो स्थापना भएको सम्झनामा मनाउने गरिन्छ । यस बर्षको विश्व रेडियो दिवसको नारा ‘रेडियो र कृत्रिम बुद्धिमत्ता: एआई एउटा उपकरण हो, आवाज होइन’ भन्ने रहेको छ ।रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामा...
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन्।हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आएकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् ।प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् ।उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”उनले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन ...
राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्को सिफारिसमा भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्को सिफारिसमा भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी सूचनामा उक्त निर्णय तत्काल लागू हुने जनाइएको छ । ...
टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल

टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तरगत समूह 'सी' मा रहेको नेपालले आज एशोसिएट राष्ट्र इटालीसँग प्रतिस्पर्धा गर्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।त्यस कारण सुपर-८ मा पुग्ने आफ्नो सम्भावनालाई कायम राख्न दुबै टोली "गर या मर"को रुपमा यो खेललाई लिने छन् । यो खेल भारतको वाङ्खेडे रंगशालामा नेपाली समय अनुसार दिउँसो ३.१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । उक्त खेलबाट प्राप्त अनुभव र आत्मविश्वासलाई प्रयोग गर्दै आजको खेलमा जित दर्ता गर्ने कप्तान रोहित पौडेले बताएका छन् । इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको उनले बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै ने...
निर्वाचन आचारसंहिता: उम्मेदवारले के गर्ने, के नगर्ने ?

निर्वाचन आचारसंहिता: उम्मेदवारले के गर्ने, के नगर्ने ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को जारी गरी लागू गरेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । दफा नम्बर १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशास...
अनुहारभन्दा पनि नेतृत्वको शैली नै नयाँ खोजेका हौं : जेनजी अभियन्ता

अनुहारभन्दा पनि नेतृत्वको शैली नै नयाँ खोजेका हौं : जेनजी अभियन्ता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि नयाँ अनुहारभन्दा पनि नेतृत्व गर्ने शैली, राजनीतिक संस्कार र दलभित्रको लोकतान्त्रिक अभ्यास परिवर्तन आवश्यक रहेको बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रको नयाँ आवाज’ सत्रमा उनीहरूले व्यक्तिकेन्द्रित राजनीतिले लोकतन्त्र कमजोर बनाएको निष्कर्ष निकाल्दै मूल्य, विधि र प्रक्रियामा आधारित राजनीतिक अभ्यासको खाँचो औंल्याएका हुन् । कान्तिपुरकर्मी दया दुदराज सहजकर्ता भएको सत्रका जेन–जी अभियन्ता रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहा वक्ता थिए ।जेन–जी अभियन्ता बमले ‘नयाँ’ को अर्थ अनुहार वा व्यक्तिको प्रतिस्थापन नभई सोच, व्यवहार र नेतृत्व संस्कारको परिवर्तन भएको बताइन् । ‘हामीलाई एउटा केपी ओली फालेर अर्को ओली चाहिएको होइन,’ उनले भनिन्, ‘दलभित्र सुधार चाहिएको हो, दलको लोकतन्त्र बलियो भए मात्र देशको लोकतन्त्र बलियो ...
बजेटको आकारमा करिब १५ प्रतिशत कटौती, आर्थिक वृद्धिको लक्ष्य पनि घट्यो

बजेटको आकारमा करिब १५ प्रतिशत कटौती, आर्थिक वृद्धिको लक्ष्य पनि घट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले चालू आर्थिक वर्ष २०८२-८३ को बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल बजेटको तुलनामा खर्च हुन नसक्ने देखिएपछि बजेटको आकार घटाएर ८५.९६ प्रतिशतमा सीमित गरिएको मन्त्रालयले जनाएको छ ।तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरूमा १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेका थिए । अर्धवार्षिक समीक्षामार्फत यसलाई घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड रूपैयाँ कायम गरिएको छ । यो सुरु विनियोजनको तुलनामा करिब २ खर्ब ७५ अर्ब रूपैयाँले कम हो ।प्रतिवेदनअनुसार पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड रूपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको ३५.१४ प्रतिशत मात्र हो । यस अवधिमा पुँजीगततर्फ विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोडमध्ये जम्मा ४९ अर्ब ४२ करोड (१२.१२ प्रतिशत) मात्र खर्च भएको छ । ...
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैँसरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरिएकाे छ ।’ सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग ...