Breaking news 1

थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या

थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँथाइल्यान्डमा एक किशोरले विद्यालय पुगेर शिक्षकहरूको हत्या गर्नुअघि आफ्ना हजुरबुबा–हजुरआमाको हत्या गरेका थिए। उनले गोली हानेपछि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्यमन्त्री पट्टाना प्रोम्फातका अनुसार विद्यालयमा ५ जना शिक्षकको मृत्यु भएको छ। गोली हान्ने आरोपित १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका छन्। उनले राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा–हजुरआमालाई मारेपछि विद्यालय गएको थाइल्यान्डका सार्वजनिक स्वास्थ्यमन्त्रीले बताए।उनका अनुसार हजुरबुबा–हजुरआमा घरमै मृत भेटिएका थिए। प्रहरीका अनुसार ती किशोरले प्रयोग गरेको ९ एमएम पिस्तोल उनका हजुरबुबाको थियो। हजुरबुवा शिक्षक थिए। सातौं कक्षाकी एक विद्यार्थीले आफू कक्षाकोठामा हुँदा गोली हान्ने ती किशोर एक कोठाबाट अर्को कोठामा हिँडिरहेका देखेको बताइन्। त्यसपछि उनले कक्षाकोठाको अगाडि उ...
राष्ट्रिय परिचयपत्रको ‘सर्भर’ समस्याले १६ निकायका काम प्रभावित

राष्ट्रिय परिचयपत्रको ‘सर्भर’ समस्याले १६ निकायका काम प्रभावित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं१२ हजार तिरेपछि विभागले कम्तीमा २४ घण्टा र बढीमा ४८ घण्टामा राहदानी उपलब्ध गराउनुपर्ने हुन्छ तथापिराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा समस्या देखिंदा यसको असर केवल राहदानी विभागमा मात्रै परेको छैन, परिचयपत्र अनिवार्य भएका अन्य शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, चिकित्सा शिक्षा आयोग, यातायात व्यवस्था विभाग, सूचना प्रविधि विभाग, आन्तरिक राजस्व विभाग, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, कर्जा सूचना केन्द्र, राष्ट्रिय किताबखाना (निजामती), नेपाल राष्ट्रबैंक, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालय गरी १६ निकाय पनि प्रभावित छन् । पञ्जीकरण विभागको सर्भरमा समस्या आउँदा राहदानी विभागले समस्या समाधान गर्न पञ्जीकरण विभागले पत्र नै लेखेको थियो । सोको जवाफमा भने स...
तिब्बती अध्ययनसम्बन्धी सम्मेलन चिनियाँ दबाबपछि रद्द

तिब्बती अध्ययनसम्बन्धी सम्मेलन चिनियाँ दबाबपछि रद्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले ७–१३ भदौमा काठमाडौंमा हुन लागेको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ । चार वर्षअघि नै घोषणा गरिएको सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो । सुरक्षा निकायबाट कुनै खतरा नरहेको ‘ब्रिफिङ’ तथा गृहमन्त्री सुधन गुरुङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिविपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो ।सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईसँगको परामर्शपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए । एक मन्त्रीका अनुसार सरकारको निर्णयले परराष्ट्र नीतिमै महत्त्वपूर्ण प्रभाव पार्ने भए पनि यो विषय मन्त्रिपरिषद्मा समेत पेस गरिएन । ‘हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर...
यि हुन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णय

यि हुन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको छ। साथै पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरेको छ। यस्तै, बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।य...
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान

बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल (बीजक) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बिल लिने–दिने संस्कृतिको विकास गर्न सबै सरोकारवालालाई अनुरोध गरेको हो। विभागका अनुसार कर अनुपालनलाई प्रभावकारी बनाउने तथा वास्तविक आर्थिक कारोबारको अभिलेखीकरण सुनिश्चित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा रहेको जनाएकाे छ। विभागले उक्त कार्यक्रममा सहभागी भएर पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्ताले कुनै पनि वस्तु वा सेवा खरिद गर्दा बिल लिन नबिर्सन आग्रह समेत गरेको छ। सूचनामार्फत हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिएरऔपचारिक कर प्रणालीमा आबद्ध हुन समेत आह्वान गरिएको छ। यस्तै, वस्तु तथा सेवा बि...
‘राजनीतिक प्रतिशोधका नाममा एमालेलाई चलाउन खोजिए प्रतिवाद गर्छौं’ – सचिव विश्वकर्मा

‘राजनीतिक प्रतिशोधका नाममा एमालेलाई चलाउन खोजिए प्रतिवाद गर्छौं’ – सचिव विश्वकर्मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले राजनीतिक प्रतिशोधका गतिविधि स्वीकार्य नहुने बताएका छन । फागुन २१ गते प्रकट भएको जनमतलाई एमालेले स्वीकार गर्दै वर्तमान सरकारलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएको भन्दै उनले जनअपेक्षाअनुसार जनअभिमतको सम्मान हुने गरी काम गर्नुको साटो राजनीतिक प्रतिशोधमा लागेको आरोप लगाए ।बुटवलमा आयोजित एमाले रुपन्देही जिल्ला कमिटीको विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा बोल्दै विश्वकर्माले एमाले अध्यक्षमाथि हात हाल्ने काम गरिएको आरोप लगाउँदै त्यसलाई आफूहरूले प्रतिशोधपूर्ण कदमका रूपमा बुझेको बताए । त्यसलगत्तै पार्टीका उपाध्यक्षमाथिसमेत प्रतिशोध साध्ने काम भएको उनको आरोप थियो । ‘हामीले गुण र दोषका आधारमा सरकारसँगका धारणा तय गर्ने भनेका थियौं,’ उनले भने, ‘तर एमाले अध्यक्षमाथि हात हाल्ने काम गरियो । यो सिधै प्रतिश...
निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे ।साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ थियो ।अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति पनि चासो व्यक्त गरेका थिए ।‘कर्जाको ब्याजदर ऐतिहा...
८३ओैं जन्मजयन्तीकाे अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक” पुस्तक लाेकार्पण

८३ओैं जन्मजयन्तीकाे अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक” पुस्तक लाेकार्पण

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलजीवराज आश्रितकाे ८३ औं जन्मजयन्तीका अवसरमा "जीवराज आश्रितको वैचारिक आलाेक"( जीवनी,व्यक्तित्व र कृतित्व) पुस्तक एक समाराेहबीच साेमवार बुटवलमा लाेकार्पण सम्पन्न भयाे । पुस्तक लाेकार्पण गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य माननीय लिला गिरीले जीवराज आश्रित अनुशासित र पार्टीप्रति बफादार नेता हुनुहुन्थ्यो । गीरीले उहाँकाे जीवनी,व्यक्तित्व र कृतित्वका बारेमा जीवराज आश्रित स्मृति प्रतिष्ठानकाे अनुराेधमा डा.मुरारि पराजुलीले लेख्नु भएकाे पुस्तक पठनीय,सङ्ग्रहणीय रहेकाे उल्लेख गरे ।उनले सबै जनजनका बीच पुस्तक पुराएर आश्रितलाई सबैकाबीच पुराउनु आजकाे आवश्यकता रहेकाे समेत उनले बताए ।प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले पुस्तक प्रकाशन कठिन खाेजमूलक कार्य भएकाे हुँदा उक्त जटिलतालाई चिर्दै पुस्तक प्रकाशन हुनु प्रशंसनीय रहेकाे बत...
पेट्रोलियम पदार्थको बढ्यो मुल्य ,के मा कति ?

पेट्रोलियम पदार्थको बढ्यो मुल्य ,के मा कति ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंपेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आईतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । ...
सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।‘हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ,’ उनले भने ।सरकारले ...