थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या


काठमाडौँ
थाइल्यान्डमा एक किशोरले विद्यालय पुगेर शिक्षकहरूको हत्या गर्नुअघि आफ्ना हजुरबुबा–हजुरआमाको हत्या गरेका थिए।

उनले गोली हानेपछि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्यमन्त्री पट्टाना प्रोम्फातका अनुसार विद्यालयमा ५ जना शिक्षकको मृत्यु भएको छ।

गोली हान्ने आरोपित १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका छन्। उनले राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा–हजुरआमालाई मारेपछि विद्यालय गएको थाइल्यान्डका सार्वजनिक स्वास्थ्यमन्त्रीले बताए।
उनका अनुसार हजुरबुबा–हजुरआमा घरमै मृत भेटिएका थिए। प्रहरीका अनुसार ती किशोरले प्रयोग गरेको ९ एमएम पिस्तोल उनका हजुरबुबाको थियो। हजुरबुवा शिक्षक थिए।

सातौं कक्षाकी एक विद्यार्थीले आफू कक्षाकोठामा हुँदा गोली हान्ने ती किशोर एक कोठाबाट अर्को कोठामा हिँडिरहेका देखेको बताइन्।

त्यसपछि उनले कक्षाकोठाको अगाडि उभिरहेका शिक्षकलाई गोली हानेका थिए। त्यसपछि आफूले अरू केही देख्न नसकेको उनले बताइन्।
थाइल्यान्डका उपगृहमन्त्री पोलापी सुवान्चावीले प्रहरीले आरोपितको घरबाट संकलन गरेको प्रमाणका आधारमा उनी भिडियो गेम खेल्न निकै रुचाउने गरेको विवरण सार्वजनिक गरेका छन्।

विद्यालयका एक शिक्षकका अनुसार ती किशोर ‘राम्रो पढाइ र राम्रो व्यवहार भएको विद्यार्थी’ थिए। उनी आक्रामक स्वभावका रहेकोबारे पनि यसअघि कुनै जानकारी नभएको शिक्षकले बताएका छन्।

उक्त गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले थाइ अधिकारीहरूलाई देशको बन्दुक नियन्त्रण उपायहरूको पुनरावलोकन गर्न आह्वान गरेका छन्।
पिपुल्स पार्टीका नेता नथाफोङ रुएङपन्याउतले फेसबुक पोस्टमा लेखेका छन्, ‘हाम्रो समाजमा सबैभन्दा सुरक्षित ठाउँहरूमध्ये एक हुनुपर्ने शैक्षिक संस्थामा भएको यस हिंसात्मक घटनाले थाइ समाजलाई बन्दुक नियन्त्रण उपायहरूको गम्भीर र व्यवस्थित पुनरावलोकन गर्नुपर्ने आवश्यकताको कठोर सम्झना गराउँछ।’

नेता नथाफोङले पीडितहरूका परिवारप्रति समेत समवेदना व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...