अमेरिकी राष्ट्रपति निर्वाचन : डोनाल्ड ट्रम्पको जित पक्का
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्कापक्की भएको छ। उनी आफूले पनि राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन्।
जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य जित हासिल गरेको घोषणै गरेका छन्।
‘यो अमेरिकी नागरिकका लागि भव्य जित हो, यसले अमेरिकालाई पुन: महान् बनाउनेछ,’ ट्रम्पले सम्बोधनमा भने।
यस्तै उनले अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने दाबीसमेत गरे।
‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु। म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु। अन्तिम सास रहुञ्जेल म लड्नेछु,’ उनले भने, ‘यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ।’
अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। ट्रम्पले दिउँसो २ बजेसम्म २६७ प्राप्त गरिसकेका छन्।
चर्को प्रतिस्पर्धा हुने मानिएका सात राज्यमध्य...








