प्रधानमन्त्रीको हत्या गर्ने राम्रो मौका भन्दै भिडियो बनाउने कार्कीको खोजीमा नेपाल प्रहरी


काठमाण्डौ

नेपाल प्रहरीको साईवर ब्युरोले प्रधानमन्त्री केपी ओलीलाई मार्नु पर्छ भनेर अभिब्यक्ती दिने चितवनका रतन कार्कीलाई कार्वाही प्रक्रिया अगाडी बढाएको छ। 

कात्तिक १४ गते साँझ भैरहेको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा  नेपाली खेलाडीलाई हौसला दिन दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने राम्रो मौका यहि हो भन्ने अभिब्यक्ती दिएका कार्कीलाई कार्वाही थालेको हो। 

कार्कीले सामाजिक सञ्जालमा भिडियो लाईभमा आएका कार्कीले मैदानमा पुगेका  ‘प्रधानमन्त्री ओलीको हत्या गर्ने राम्रो मौका’ भन्दै आह्वान गरिरहेका थिए। चितवन घर भएका कार्की बिद्यार्थी भिसामा जापानको टोकियोमा रहेका छन्। उनी त्यहीँ नै बसेर उच्छृंखल भिडियो मार्फत अराजकता फैलाउने गरी कन्टेन्ट दिइरहन्छन्।

उनले  त्यस दिनको भिडियोमा ‘गेम त तपाईंहरूले हेरिरहनुभएको छ नै तर मैले अर्कै कुरा हेरिरहेको छु के ! आज हामीले मार्न सकिन्छ के  चाहेम् भने!’ भन्दै उनले प्रधानमन्त्री ओलीलाई मार्ने आशयको भड्कावपूर्ण अभिव्यक्ति दिएका छन्। ‘बाहिर यत्रो मान्छे छम्, सबै जना मिलेर एउटा ग्रुप बनाएर घेरेर फ्याट्टै मार्‍यो भने मारेको मार्‍यै हुन्छ साथीहरू,’रतनले भिडियोमा भनेका छन्, ‘आँटम् त आज, आज आटिहालम्। अब धेरै टाइम पनि छैन। बुढो गइहाल्छ। मतलब उता जान पनि टाइम छैन, उता जान पनि। बुझ्नु न। आज गरिहालम्।’

यस्तो हिंसात्मक अभिव्यक्ति दिएको उनको भिडियो धेरैले हेरेका छन्। उनको यो भिडियोलाई त्यस दिनदेखि नै नेपाल प्रहरीले ‘नोटिस’ माराखेर अनुसन्धान थालेको थियो। यसक्रममा नेपाल प्रहरीको साइबर ब्युरोले त्यो दिन सामाजिक सञ्जालमार्फत अराजक र भड्कावपूर्ण अभिव्यक्ति दिनेमाथि लेखाजोखा लिन थालेको थियो। सोही क्रममा रतन पनि नोटिसमा आएको ब्युरो स्रोत बताउँछ। ‘त्यस्ता धेरै व्यक्तिबारे नोटिसमा लिएर अनुसन्धान भइरहेको छ।

 त्यसै मध्येका रतन पनि एक पर्छन्। मान्छे नै मार्ने किसिमको हिंसात्मक अभिव्यक्ति दिनेलाई छुट दिनुहुन्न भन्ने छ,’ ब्युरोका एकजना अधिकारीले भने, ‘त्यसैले उनीमाथि मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिने र त्यसपछि इन्टरपोलमार्फत नेपाल झिकाउनेसम्मको तयारी छ।’ त्यसो त त्यही दिन रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी नै भएको थियो। त्यसबारे प्रहरी पहिल्यै जानकार थियो। सोहीअनुसार ठाउँठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोत बताउँछ। सोहीअनुसार त्यस दिन नाराबाजी गर्ने व्यक्तिहरूको भिडियो लिएर उनीहरूको पहिचान गरिसकिएको प्रहरी स्रोत बताउँछ। त्यसरी नाराबाजी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक भेटिएको प्रहरीको दाबी छ।रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीको विरोधमा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थनमा नारा लगाउँदा आफूतर्फ आरोप नलाग्ने भन्दै रणनीति नै बनाएर नाराबाजी गरेको अनुसन्धानमा पाइएको प्रहरी स्रोतको भनाइ छ।  

यो विषयमा पनि प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। ‘नाराबाजी गर्नेको लगभग पहिचान भएको छ। अझै अनुसन्धान चलिरहेको अवस्था हो,’ यो विषयमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘यो एकदुई जनाले भन्दा पनि सामूहिक रूपमा भएको घटना भएकाले विस्तृत अध्ययन भइरहेको छ र त्यसपछि कसरी कानुनी कारबाहीको दायरामा ल्याउने भन्ने छलफल चलिरहेको छ।’ उनका अनुसार प्रहरीले अराजकता फैलाउने र भड्काव गर्नेहरूलाई पक्राउ गरेरै कानुनी कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ।  

‘यत्तिकै छाड्ने भन्ने हुँदैन। कानुनी दायरामा त ल्याउनैपर्छ तर कसरी ल्याउने रु त्यो भने हेडक्वार्टरसँग छलफलपछि यकिन हुन्छ,’ ती अधिकारीले भने। जारी अनुसन्धानको विषय भएकाले धेरै खुलेर भन्न नमिल्ने किसिमका तथ्य रहेको पनि उनले बताए।  

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्दै अभिव्यक्ति दिनेविरुद्ध उजुरी नै परेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले बताए। ‘साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अनुसन्धानमा गर्नुपर्ने सबै काम प्रहरीले गर्छ। कानुनी दायरामा ल्याउँछ।’ यस्तै रंगशालामा नाराबाजी गर्नेहरूबारे पनि अनुसन्धान भइरहेको उनले पुष्टि गरे। ‘त्यस्तो कार्यमा संलग्नहरूको भूमिका र कसुरको मात्रा पहिचान गर्ने काम भइरहेको छ। कसुर मात्रा अनुसार अनुसन्धानको दायरा फराकिलो पार्दै अघि बढ्न मातहतका निकायले काम गरिरहेका छन्,’ डिआइजी कार्कीले भने।

छुटाउनुभयो कि ?

देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष प...
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाण्डौ - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महा...
स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

गुल्मीगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्...