अमेरिकी राष्ट्रपति निर्वाचन : डोनाल्ड ट्रम्पको जित पक्का


डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्कापक्की भएको छ। उनी आफूले पनि राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन्। 

जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य जित हासिल गरेको घोषणै गरेका छन्। 

‘यो अमेरिकी नागरिकका लागि भव्य जित हो, यसले अमेरिकालाई पुन: महान् बनाउनेछ,’ ट्रम्पले सम्बोधनमा भने।

यस्तै उनले अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने दाबीसमेत गरे।

‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु। म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु। अन्तिम सास रहुञ्जेल म लड्नेछु,’ उनले भने, ‘यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ।’

अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। ट्रम्पले दिउँसो २ बजेसम्म २६७ प्राप्त गरिसकेका छन्।

चर्को प्रतिस्पर्धा हुने मानिएका सात राज्यमध्ये तीन वटामा ट्रम्पले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन्। रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएका थिए।

ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। ट्रम्पले ६ करोड ८४ लाख मत पाउँदा ह्यारिसले ६ करोड ३२ लाख मत प्राप्त गरेकी छन्।

तर अमेरिकामा पपुलर मतले नभई  इलेक्टोरल मतबाट राष्ट्रपतिको छिनोफानो हुन्छ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...