अमेरिकी राष्ट्रपति निर्वाचन : डोनाल्ड ट्रम्पको जित पक्का


डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्कापक्की भएको छ। उनी आफूले पनि राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन्। 

जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य जित हासिल गरेको घोषणै गरेका छन्। 

‘यो अमेरिकी नागरिकका लागि भव्य जित हो, यसले अमेरिकालाई पुन: महान् बनाउनेछ,’ ट्रम्पले सम्बोधनमा भने।

यस्तै उनले अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने दाबीसमेत गरे।

‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु। म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु। अन्तिम सास रहुञ्जेल म लड्नेछु,’ उनले भने, ‘यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ।’

अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। ट्रम्पले दिउँसो २ बजेसम्म २६७ प्राप्त गरिसकेका छन्।

चर्को प्रतिस्पर्धा हुने मानिएका सात राज्यमध्ये तीन वटामा ट्रम्पले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन्। रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएका थिए।

ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। ट्रम्पले ६ करोड ८४ लाख मत पाउँदा ह्यारिसले ६ करोड ३२ लाख मत प्राप्त गरेकी छन्।

तर अमेरिकामा पपुलर मतले नभई  इलेक्टोरल मतबाट राष्ट्रपतिको छिनोफानो हुन्छ।

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...