Breaking news 1

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ।प्रतिनिधि सभातर्फका दुईवटा र राष्ट्रिय सभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ भने दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।बिहान साढे ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमत उपसमितिसमक्ष पेस भएको प्रतिवेदनमा छलफल हुने कार्यसूची छ।दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमा सर...
पत्रकार महासंघलाई सकेसम्म पत्रकारहरूको मात्र संस्था बनाउँछु: निर्मला शर्मा

पत्रकार महासंघलाई सकेसम्म पत्रकारहरूको मात्र संस्था बनाउँछु: निर्मला शर्मा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपाल पत्रकार महासंघको मंसिर २८ गते भएको अधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएकी हुन्। शर्मा अध्यक्षमा निर्वाचित भएसँगै महासंघले पहिलो महिला नेतृत्व पाएको हो।पछिल्लो समय पत्रकार महासंघमाथि राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै गएको छ। यसपालि पनि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारीबीच गठबन्धन भएको थियो। प्रेस चौतारीकी शर्मा अध्यक्ष उम्मेदवार भई युनियनको सहयोगमा जितेकी हुन्।यो गठबन्धनले १३ सदस्यीय पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू पद जित्यो। कोषाध्यक्ष भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जिते। प्रेस सेन्टरले पनि स्वतन्त्रसहित विभिन्न ६ संगठनसँग गठबन्धन गरी उम्मेदवार खडा गरेको थियो।पत्रकार महासंघमा समाचार लेखिरहेका पत्रकारहरूले नै अपनत्व नलिएको चर्चा पनि हुने गर्छ। महासंघलाई राजनीतिक हस्तक्षे...
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरी असुल गर्नुपर्छ : मन्त्री अधिकारी

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरी असुल गर्नुपर्छ : मन्त्री अधिकारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले आज काठमाडौँमा आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले सहकारीमा भएको पुँजीबाट त्यहाँ आएको समस्या समाधान गरिनुपर्ने बताए ।  सरकारले घोषणा गरेका २२ वटा सहकारीमध्ये केहीको जग्गा बेचेर पनि समस्या समाधान गर्नेतिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लागिपरेको मन्त्री अधिकारीले बताए । उनले सात प्रदेशमा समूह बनाएर मन्त्रालयमार्फत समस्याग्रस्त सहकारीको अध्ययन भइरहेको जानकारी दिए । “समितिबाट प्रतिवेदन प्राप्त भएपछि समस्या समाधानको विधि बनाइने छ । सहकारी ऐन, २०७४ मा भएको सहकारी प्रवर्द्धन कोष, कर्जा सूचना केन्द्र र न्यायाधीक...
कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी

कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी

Breaking news 1, खेलकुद, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्पूर्ण प्रगति गरेको बताएका छन् । उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमाणीत गरेको बताए । उनले भने–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’ उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरीरहेको समेत बताए । शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिह...
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका हुन् । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा फर्किएको बताए ।  सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै गएको उल्लेख गर्दै उनले भने, “अर्थतन्त्रका सकारात्मक सूचकलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ ।” अ...
नेपाल पत्रकार महासंघको चुनावी मत परिणाम कस्ले कति मत पाए

नेपाल पत्रकार महासंघको चुनावी मत परिणाम कस्ले कति मत पाए

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् ।बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए ।त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन् ।विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए ।खुल्ला सचिवमा रमेश...
सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय
बुटवल श्रीराम ज्ञवाली यातायातका साधनहरू हवाई यातायातदेखि सडक यातायातसम्म मानिसलाई अत्यन्त जरुरी छ। नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले जल यातायातको खासै चर्चा हुँदैन। हामीलाई नभई नहुने र जोखिम हुने यातायात हो।बढ्दो जनसङ्ख्या संगै बढ्दो विकास प्रविधिले यातायातका साधनहरू बढ्ने र नयाँ प्रविधियुक्त साधनहरू उपयोगमा आइरहेका छन्। सडक यातायातको समस्या विकराल छ। नेपालको तथ्याङ्क अनुसार प्रतिदिन ७ जनाको सडक दुर्घटनामा परी ज्यान जाने गरेको छ। यसको न्यूनीकरणका लागि सवारी साधनकाे इन्जिन राम्रो र गुणस्तरीय हुनुआवस्यक छ ।साथै पुराना र कन्डिसन राम्रो नभएका सवारी साधन गुडाउन रोक लगाउनु आवश्यक छ। चालकहरू पनि दक्ष हुनुपर्छ ,चालकले मदिरापान गरी सवारी साधन चलाउनु पनि प्रमुख समस्या देखिन्छ। त्यसैगरी हाम्रो अधिकांश भूभाग पहाडी हुनाले सडक निर्माण गर्न कठिन छ। निर्माण गरिएका सडकहरु फराकिला सवारी साधन ...
आज उधौली पर्व

आज उधौली पर्व

Breaking news 1, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।  भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो...
एनपिएल: पोखराविरूद्ध टस जितेर बलिङमा काठमाडौं

एनपिएल: पोखराविरूद्ध टस जितेर बलिङमा काठमाडौं

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ।  त्रिवि मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। पोखराविरूद्धको खेलमा काठमाडौंले २ परिवर्तन गरेको छ। पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ।  प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण हुनेछ।    अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ।   पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ। काठमाडौं गुर्खाज चितवनसँग ५ विकेटले, सुदूरपश्चिमसँग ७३ रनले र जनकपुरसँग ५ विकेटले पराजित हुँदा लुम्बिनीलाई १८ रन र कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो। पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइन...
सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य

सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिको चाहना पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको छ । लगानी वोर्ड र प्रदेश सरकारको संयुक्त आयोजनामा बुटवलमा शुक्रबार गरिएको सार्वजनिक निजी साझेदारी सम्वन्धि प्रादेशिक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको हो ।‘सरकारको एक्लो प्रयासले मात्रै लगानी गर्ने अवस्था छैन् । यसमा सार्वजनिक, निजी क्षेत्र र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छ’उहाँले भन्नुभयो,‘सरकारले लगानीमैत्री वातावरण बनाउछ । लगानी जुटाउन लगानी वोर्डले भूमिका बढाउनुपर्छ ।’ प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरु अघि बढा...