सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिको चाहना पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको छ ।

लगानी वोर्ड र प्रदेश सरकारको संयुक्त आयोजनामा बुटवलमा शुक्रबार गरिएको सार्वजनिक निजी साझेदारी सम्वन्धि प्रादेशिक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको हो ।‘सरकारको एक्लो प्रयासले मात्रै लगानी गर्ने अवस्था छैन् । यसमा सार्वजनिक, निजी क्षेत्र र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छ’उहाँले भन्नुभयो,‘सरकारले लगानीमैत्री वातावरण बनाउछ । लगानी जुटाउन लगानी वोर्डले भूमिका बढाउनुपर्छ ।’

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरु अघि बढाएको छ । यि योजनाहरुलाई कार्यान्वयन गर्न चाहिने लगानी जुटाउन लगानी वोर्डको भूमिका बढाउन जरुरी रहेको भनाई मुख्यमन्त्री आचार्यलेको छ । प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानी भित्र्याउन वोर्डले भूमिका बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।‘लगानीकर्ताहरुलाई लगानी गर्न आईपरेका कानुनी जटिलता फुकाउन प्रदेश सरकार प्रतिबद्ध छ । हामिले बनाएका ऐन, कानुनहरु लगानीमैत्री छैनन् भने त्यसलाई सुधार गरेर प्रदेश सरकार अघि बढ्न चाहेको छ । लगानीकर्ताको आकर्षणलाई सुनिश्चित गर्न लगानी वोर्डको भूमिका महत्वपूर्ण हुनेगर्छ । यही भूमिका प्रदेश सरकारले खोजेको छ ।’ पछिल्लो पटक लुम्बिनी प्रदेशमा लगानीगर्न दातृ निकायको आकर्षण बढ्दै गएको छ । यो आकर्षणलाई सुनिश्चित गर्न लगानी वोर्डको प्रभावकारी भूमिका प्रदेश सरकारले खोजेको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

‘सरकारको एक्लो प्रयासले मात्रै विकास र समृद्धिको चाहना पुरा गर्न सकिदैन । त्यसकालागि निजी क्षेत्रलाई आकर्षीत गर्न जरुरी छ । प्रदेश सरकार निजी क्षेत्रको लगानीको संरक्षण गर्न प्रतिबद्ध छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले कोशिस गरिरहेको छ ।’

प्रदेश सरकार लगानीकर्तासंग साझेदारी गरेर विकास र समृद्धिको अभियानलाई सफल बनाउन चाहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले लगानी र परियोजनाको निर्णय गर्ने अधिकार सम्वन्धित तहलाई दिदा उपयुक्त हुने बताउनु भयो ।‘कतिपय अवस्थामा प्रदेश र स्थानीय तहलाई जानकारी नभई संघीय सरकारले आफ्नै हिसावले निर्णय गरेर लागु गर्ने, कार्यक्रम लागुभएपछी मात्रै थाहा पाउने अवस्था छ । जुन तहमा कार्यक्रम लागु हुने हो निर्णय गर्ने अधिकार पनि सम्वन्धित तहलाई दिदा प्रभावकारी हुनेदेख्छु’उहाँले भन्नुभयो,‘यसरी जाँदा स्वामित्व लिने समस्या हुदैन । निर्णय गर्ने अधिकार सम्वन्धित तहमा दिदा उपयुक्त हुन्छ ।’

लगानी वोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सार्वजनीक निजी साझेदारीको अवधारणा, प्रदेश तथा स्थानीय तहको लागि नीतिगत तथा कानुनी प्रवन्ध, सार्वजनिक निजी साझेदारी परियोजनाको विकास प्रक्रिया, सार्वजनिक निजी साझेदारीमा लगानी मोडालिटी, प्रदेश तथा स्थानीयस्तरमा सार्वजनिक निजी साझेदारी अनुकुल लगानीको वातावरण निर्माण बारे छलफल भएको थियो ।

छुटाउनुभयो कि ?

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...