एनपिएल: पोखराविरूद्ध टस जितेर बलिङमा काठमाडौं


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ। 

त्रिवि मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। पोखराविरूद्धको खेलमा काठमाडौंले २ परिवर्तन गरेको छ। पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ। 

प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण हुनेछ।   

अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ।   पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ।

काठमाडौं गुर्खाज चितवनसँग ५ विकेटले, सुदूरपश्चिमसँग ७३ रनले र जनकपुरसँग ५ विकेटले पराजित हुँदा लुम्बिनीलाई १८ रन र कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो।

पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ। उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ।

 पोखरा एभेन्जर्सका लागि आजको खेल प्लेअफ सम्भावनालाई बरकरार राख्ने अवसर हुनसक्छ। उसको अन्तिम खेल लिगमा अहिलेसम्म बलियो मानिएको सुदूरपश्चिमसँग रहेकाले आज जितले अन्तिम खेलका लागि उत्साह थप्न सक्छ।

पोखरा यसअघि चितवनसँग ८७ रनले, जनकपुरसँग ७ विकेटले र कर्णालीसँग ७ विकेटले पराजित हुँदा लुम्बिनीलाई १० विकेटले र विराटनगरलाई सुपरओभरमा पराजित गरेको थियो।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...