एनपिएल: पोखराविरूद्ध टस जितेर बलिङमा काठमाडौं


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ। 

त्रिवि मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। पोखराविरूद्धको खेलमा काठमाडौंले २ परिवर्तन गरेको छ। पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ। 

प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण हुनेछ।   

अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ।   पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ।

काठमाडौं गुर्खाज चितवनसँग ५ विकेटले, सुदूरपश्चिमसँग ७३ रनले र जनकपुरसँग ५ विकेटले पराजित हुँदा लुम्बिनीलाई १८ रन र कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो।

पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ। उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ।

 पोखरा एभेन्जर्सका लागि आजको खेल प्लेअफ सम्भावनालाई बरकरार राख्ने अवसर हुनसक्छ। उसको अन्तिम खेल लिगमा अहिलेसम्म बलियो मानिएको सुदूरपश्चिमसँग रहेकाले आज जितले अन्तिम खेलका लागि उत्साह थप्न सक्छ।

पोखरा यसअघि चितवनसँग ८७ रनले, जनकपुरसँग ७ विकेटले र कर्णालीसँग ७ विकेटले पराजित हुँदा लुम्बिनीलाई १० विकेटले र विराटनगरलाई सुपरओभरमा पराजित गरेको थियो।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...