Breaking news 1

आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन

आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो  । प्रदेश सभा सचिब दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ  । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो । ...
बुटवलमा मदन भण्डारी  गाेल्डकप भलिवलकाे तयारी पूरा: उदघाटन  प्रधानमन्त्रीले गर्नुहुने

बुटवलमा मदन भण्डारी  गाेल्डकप भलिवलकाे तयारी पूरा: उदघाटन  प्रधानमन्त्रीले गर्नुहुने

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल   मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप – २०८१ आयोजना हुँदैछ । यही पौष १७ गतेदेखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उदघाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समुहले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्धितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पु...
शिक्षाको कमीकमजोरी सच्याउँदै जान्छौं: प्रधानमन्त्री ओली

शिक्षाको कमीकमजोरी सच्याउँदै जान्छौं: प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको कमी कमजोरीहरूलाई सुधार गर्दै जाने बताएका छन्। शनिबार त्रिविको ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारदेखि अरू कमि कमजोरीहरूलाई सुधार गर्दै लैजाने बताएका हुन्। 'त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन,आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौं,' उनले भने। उनले त्रिभुवन विश्वविद्यालयले स्थापना कालदेखि नै गर्दै आएको योगदानका लागि धन्यवाद ज्ञापन गरे। 'एउटा  कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ,' उनले भने।प्रधानमन्त...
एमाले नेतृत्वको वर्तमान सरकार समृद्धिमा लागि परेको छ: उपमहासचिव प्रदीप ज्ञवाली

एमाले नेतृत्वको वर्तमान सरकार समृद्धिमा लागि परेको छ: उपमहासचिव प्रदीप ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेकपा एमाले गुल्मी- रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा आयोजित तेस्रो अधिवेशनमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सुशासन, स्थिरता र समृद्धिको लागि लागि परेको बताए । उनले राष्ट्रका जटिल अवस्थामा एमाले र काङ्ग्रेस प्रमुख दुई शक्तिहरु एक भएर अगाडि बढ्दै आएको बताए। उनले अहिले संविधान संशोधन ,अर्थतन्त्रमा व्यापक सुधार, राजस्व चुवावट नियन्त्रण ,लगानी मैत्री वातावरण जस्ता विषयहरूमा सरकार व्यस्त रहेको बताए । उनले असंलग्न परराष्ट्र नीतिमा आधारित रहेर छिमेकी लगायत अन्य देशहरुसँग सहकार्य गर्नेगरी अगाडि बढेको बताए । ज्ञवालीले देशमा ३२ सिट ल्याएको माओवादीले सत्ता आफ्नो वरिपरि घुमाउने ,अस्थिरता खडा गर्ने ,देश अगाडि बढ्नको लागि साटो पछाडि गएको दुरा अवस्था र अन्य २१ , १० सिट ल्याउनेले सत्ताको मोहमा विकृति भित्र्याउने अवस्था चिर्न एमाले र कांग्रेसको सरकार ...
नेपालमा सुशासन र श्रमका पक्षधरलाई संकट किन ?

नेपालमा सुशासन र श्रमका पक्षधरलाई संकट किन ?

Breaking news 1, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय
बुटवल नेपाल विकासन्मुख मुलुक हो। पछिल्लो तथ्याङ्क अनुसार १८ दशमलव ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ। पछिल्लो समयमा २ देखि ३ प्रतिशतका दरले गरिबीको तथ्याङ्क बढेको अनुमान गरिएको छ । नेपालमा कृषिका प्रशस्त सम्भावनाहरु जलस्रोत ,उर्वरभूमि ,हावापानी रहेको छ ।तथापि कृषिजन्य वस्तुभाउ आयातको दर तीव्र गतिमा बढेको छ। यो प्रमुख समस्या हो। देशमा सुशासनको कमीले भ्रष्टाचार व्याप्त छ। असल कर्मबाट समयअनुसार जीविकोपार्जन गर्ने हरुलाई अत्यन्त कठिन छ। यो देशको दोस्रो समस्या हो। नेपालमा स्थापित उद्योग कलकारखानाहरू नयाँ थप्नुको विपरीत बन्द हुँदै गएका छन् ,आत्मनिर्भरताको नीति नभई परनिर्भरता बढ्दै गएको छ। यो तेस्रो समस्या हो। पर्यटनमा राम्रो सम्भावना रहँदा पनि यो व्यवसाय फस्टाउन नसक्नु अर्को समस्या हो। माटो सुहाउँदो शिक्षा प्रणाली नहुनु अर्को समस्या हो। अध्ययन पुरा गरेपछि रोजगारीका...
लुम्बिनी प्रदेशको बजेट खर्चमा पुरानै शैली

लुम्बिनी प्रदेशको बजेट खर्चमा पुरानै शैली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल चालु आर्थिक वर्षको ६ महिना बितिसकेको छ । तर लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को यो अवधिमा पुँजीगत बजेट जम्मा साढे १० प्रतिशत मात्र खर्च गरेको छ । सरकारको खर्च रकम विकासको लागि चिन्ताजनक नै छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा प्रदेश सरकारले समग्रमा १३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । शतप्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले अबको ६ महिनामा झन्डै ८७ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थाले यो पटक शतप्रतिशत बजेट खर्च नहुने देखिएको छ । संघीय सरकारले पटक–पटक बजेट समयमै खर्च गर्न आग्रह गरे पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयले वेवसाइडमा राखेको प्रतिवेदनमा मंसिर मसान्तसम्म जम्मा बजेट खर्च १३ प्रतिशत भएको उल्लेख गरिएको छ । मंसिर मसान्तसम्ममा चालुतर्फ १९।४८ प्रतिशत र पुँजीगततर्फ साढे १० प्रतिश...
व्यवसाय छाडेर विदेशतिर, किन टिक्न सकेनन् नागरिक?

व्यवसाय छाडेर विदेशतिर, किन टिक्न सकेनन् नागरिक?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय
बुटवल चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  कार्तिकमा पनि ७० हजार ९९० र असोजमा ५३ हजार ५२५ जना कामको खोजीमा बिदेसिएका छन् । यसरी बिदेसिनेहरू स्वदेशमा रोजगारी नभएका मात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि छन् । पछिल्ला दुई तीन वर्षको अवधिमा पसल बेचेर विदेश उड्नेहरू बढेको व्यवसायीहरू बताउँछन् ।प्रविधिको विकासले अन्य क्षेत्रका व्यवसायमा पनि ठुलो प्रभाव पारेको छ । सहजताले गर्दा घर वा कार्यालयमै बसेर अनलाइनमार्फत किनमेल गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।  किनमेल मात्रै होइन, खानपानसमेत घर, कार्यालयमै मगाएर खाने चलन बढेको छ । यसले गर्दा परम्परागत रूपमा सटर भाडामा लिएर व्यवसाय गर्न...
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
दैलेख दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार  यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।  चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले बताए ।  चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । ...
एउटा जिल्लाभित्र कारोबार गर्ने सहकारीमा १० लाख मात्र बचत गर्न पाइने

एउटा जिल्लाभित्र कारोबार गर्ने सहकारीमा १० लाख मात्र बचत गर्न पाइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले सहकारीसँग सम्बन्धी अध्यादेश मार्फत् बचत तथा ऋणको सीमा निर्धारण गरेको छ। मन्त्रिपरिषद्ले मंगलबार साँझ पारित गरेको अध्यादेश अनुसार अब सहकारीमा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न पाउने छैन। अध्यादेश राष्ट्रपतिले जारी गर्न भने बाँकी छ। अध्यादेशले एउटा जिल्ला भित्र मात्र कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँको सीमा तोकेको छ। त्यस्तै एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा २५ लाखको सीमा निर्धारण गरेको छ। एक प्रदेश भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रुपैयाँसम्मको सीमा तोकेको छ। यसअघि सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा १९ कानुन एकसाथ संशोधनका लागि प्रस्ताव गर्दा सहकारीमा २५ लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न नप...
सहकारीमा बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश

सहकारीमा बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ ।  अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्तिलगायतको जायजेथा, दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ । अदालतमा विचाराधीन अन्य फौजदारी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधबाहेकका मुद्दामा मिलापत्र, सहकारीको दर...