एमाले नेतृत्वको वर्तमान सरकार समृद्धिमा लागि परेको छ: उपमहासचिव प्रदीप ज्ञवाली


बुटवल

नेकपा एमाले गुल्मी- रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा आयोजित तेस्रो अधिवेशनमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सुशासन, स्थिरता र समृद्धिको लागि लागि परेको बताए ।

उनले राष्ट्रका जटिल अवस्थामा एमाले र काङ्ग्रेस प्रमुख दुई शक्तिहरु एक भएर अगाडि बढ्दै आएको बताए। उनले अहिले संविधान संशोधन ,अर्थतन्त्रमा व्यापक सुधार, राजस्व चुवावट नियन्त्रण ,लगानी मैत्री वातावरण जस्ता विषयहरूमा सरकार व्यस्त रहेको बताए । उनले असंलग्न परराष्ट्र नीतिमा आधारित रहेर छिमेकी लगायत अन्य देशहरुसँग सहकार्य गर्नेगरी अगाडि बढेको बताए । ज्ञवालीले देशमा ३२ सिट ल्याएको माओवादीले सत्ता आफ्नो वरिपरि घुमाउने ,अस्थिरता खडा गर्ने ,देश अगाडि बढ्नको लागि साटो पछाडि गएको दुरा अवस्था र अन्य २१ , १० सिट ल्याउनेले सत्ताको मोहमा विकृति भित्र्याउने अवस्था चिर्न एमाले र कांग्रेसको सरकार आवश्यक रहेको बताए । सत्ता मोहले ती व्यक्ति र दलहरुमा बेचेेेेैन भएकाले जलहरी ,कम्बोडिया आदि जस्ता भ्रम सिर्जना गरिरहेको बताए। अहिले सर्वत्र चर्चामा रहेको सहकारी समस्या समाधानका लागि पिडितलाई न्याय दिलाउनका लागि काम गरिरहेको बताए ।उनले अहिले ५२ हजार उजुरी रहेको र ११सय मुद्दा आएकोमा सोही तथ्याङ्क अनुरूप ६ सय व्यक्तिहरू कारबाहीको प्रक्रियामा रहेको बताए । कुनै एक व्यक्तिको मात्र चर्चा परिचर्चा गर्नु उपयुक्त नरहेकोले यी र यस्ता विवादित विषयहरूमा सरकारले आफ्नो दल ,कार्यकर्ता भनेर आफ्नो वा पराई नहेर्ने विधि र विधान अनुरुप कारबाही हुने विश्वास दिलाए । उनले भीम रावलले पार्टीबाट प्रशस्त अवसरहरूको उपयोग गरिसकेको र आफ्नै कारणले बाहिरिएको जानकारी दिए । अधिवेशनलाई इंगित गर्दै ज्ञवालीले नेतृत्वमा कामको योग्यताको विधि र विधान अनुसार नेतृत्व चयन हुनुपर्ने र पार्टीमा हरेक सदस्यहरुलाई योग्यता, दक्षताका आधारमा ढिलो चाँडो अवसरहरु आउने र धैर्यता ,संयमता गुमाउन नहुने औलाए ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देशको विभिन्न विषम परिस्थितिमा एमाले र कांग्रेस सहकार्य गरिएका उदाहरणहरू दिँदै अहिले स्थिरता ,द्वन्द निवारण , समृद्धि हासिल गर्ने र संविधान संशोधन गर्नुपर्ने जिम्मेवारी रहेकोले सरकार त्यसतर्फ क्रियाशील रहेको बताए । सत्तामा रहेका दुई ठुला दल एमाले र कांग्रेसले सहकार्य र प्रतिस्पर्धालाई आत्मसाथ गर्दै अगाडि बढेको बताए। उनले एमाले सरकारमा पुगेको समयमा देश र जनताको पक्षमा काम गर्दै आएको र अहिले संविधान संशोधन, अर्थतन्त्रमा व्यापक सुधार ,देशमा आत्मनिर्भरताको नीति जस्ता महत्वपूर्ण विषयहरुमा सरकारले काम गरिरहेको बताए । बिष्टले देश र नागरिकलाई देखाइएको सपनाहरू सोही अनुरूप सबै पूरा गर्न समय लाग्ने बताए , योजनाहरु अल्पकालीन र दीर्घकालीन हुने र क्रमश पुरा गर्दै जाने हुनाले विश्वस्त हुन आह्वान गरे । उनले विश्वका विभिन्न शक्तिराष्ट्रले गरिरहेको प्रगतिले नेपाल र नेपालीमा विचलन आउन सक्ने हुनाले नेतृत्व त्यसतर्फ पनि संयमित रहेको बताए ।

लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीले आफ्नो मन्त्रालयमा विनियोजन भएको बजेटबाट सकेसम्म धेरै नागरिकलाई लाभान्वित हुने गरी काम गरिरहेको बताए ।अधिवेशनलाई लक्षित गर्दै उनले योग्य व्यक्तिहरू अगाडि आउनुपर्ने धारणा राखे।

सम्पर्क मञ्चका अध्यक्ष हेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे ,एमाले गुल्मी जिल्ला अध्यक्ष बालसिंह काउछा ,केन्द्रीय समन्वय संयोजक श्रीप्रसाद पाण्डे ,सम्पर्क मञ्चका इन्चार्ज केदारचन्द्र भुसाल लगायतले बाेल्दै अधिवेशनले सशक्त नेतृत्व चयन गर्ने अभिभारा पुरा गरी पार्टीलाई थप उचाइमा पुर्याउन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा कलाकारहरू पुरुषोत्तम भण्डारी (पुर्खे बा )र सविता भुसालको गायन तथा नृत्य रहेको थियो। मञ्चका उपाध्यक्ष लक्ष्मी पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव चिरन अर्यालले गरेका थिए।

अधिवेशनले गणेश पन्थको अध्यक्षतामा ३१ सदस्सिय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा लक्ष्मण पन्थ ,सचिवमा प्रकाश पराजुली ,उपसचिवमा शकुन्तला खरेल र योगेन्द्र रायमाझि सहितका सदस्यहरु चयन भएका हुन्।

छुटाउनुभयो कि ?

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...
भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

काठमाडौँगत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका छन् । राष्ट्र...
शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...