नेपालमा सुशासन र श्रमका पक्षधरलाई संकट किन ?


बुटवल

नेपाल विकासन्मुख मुलुक हो। पछिल्लो तथ्याङ्क अनुसार १८ दशमलव ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ। पछिल्लो समयमा २ देखि ३ प्रतिशतका दरले गरिबीको तथ्याङ्क बढेको अनुमान गरिएको छ ।

नेपालमा कृषिका प्रशस्त सम्भावनाहरु जलस्रोत ,उर्वरभूमि ,हावापानी रहेको छ ।तथापि कृषिजन्य वस्तुभाउ आयातको दर तीव्र गतिमा बढेको छ। यो प्रमुख समस्या हो। देशमा सुशासनको कमीले भ्रष्टाचार व्याप्त छ। असल कर्मबाट समयअनुसार जीविकोपार्जन गर्ने हरुलाई अत्यन्त कठिन छ। यो देशको दोस्रो समस्या हो। नेपालमा स्थापित उद्योग कलकारखानाहरू नयाँ थप्नुको विपरीत बन्द हुँदै गएका छन् ,आत्मनिर्भरताको नीति नभई परनिर्भरता बढ्दै गएको छ। यो तेस्रो समस्या हो।

पर्यटनमा राम्रो सम्भावना रहँदा पनि यो व्यवसाय फस्टाउन नसक्नु अर्को समस्या हो। माटो सुहाउँदो शिक्षा प्रणाली नहुनु अर्को समस्या हो। अध्ययन पुरा गरेपछि रोजगारीका लागि बाहिरी मुलुक रोज्नुपर्ने अवस्था छ। केही नागरिक महत्वकांक्षाले बाहिरिनुलाई नराम्रो मान्नुपर्दैन ,तर हाल देशमा सामान्य जीविकोपार्जन गर्न नसकेर मासिक ४०/५० हजार आम्दानी गर्नको लागि भारत लगायत अर अरबियन देशहरूमा जानुपर्ने बाध्यता छ। चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा मात्रै ३ लाख१७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आव ८४ हजार २सय २६ जनाले श्रम स्वीकृति लिएका छन् यो तथ्याङ्क दिनप्रतिदिन बढीरहेको छ।

स्थापित व्यवसायी ,असल कर्मचारी ,राज्यका हरेक विधामा रहने सुशासन र श्रमका पक्षधरलाई संकट देखा परिरहेको छ। सोही अनुरूप पत्रकारिता क्षेत्रमा पनि असर परेको छ। स्थापित पत्रकारहरू पनि विदेशिएको अवस्था छ। महत्त्वकाङ्क्षाले विदेशिनुलाई नराम्रो मानिँदैन। तर अहिले आर्थिक अवस्थाले दैनिकी चलाउन मुस्किल रहेर विदेशीने पत्रकारहरूको संख्या बढेको छ। त्यस्तै पत्रकारिताबाट अन्य पेशा ,व्यवसायमा समावेश भएको अवस्था छ। यो हुनु कदापि राम्रो होइन । समाजको ऐना पत्रकारिता नै पलायन हुनुपर्ने अवस्थामा समाजले कस्तो रूप लेला ? सरकारवाला अत्यन्त गम्भीर हुनुपर्ने अवस्था धरातलमा देखिएको छ। दक्ष पत्रकारलाई समयअनुसार चल्न भौतिकसँगै नैतिक वातावरण बन्नुपर्छ। आर्थिक अवस्थाका कारणले पलायन हुनुपर्ने अवस्था आउनु हुँदैन। भने निष्पक्ष पत्रकारिता गर्दा चुनौती आउनु हुँदैन।

देशको स्तर उन्नतिका लागि दृष्टिकोणसहित अग्रभागमा रहने राजनीतिज्ञ, विधि र पद्धति अनुरुप सेवामा प्रवेश गरेका योग्य कर्मचारी , राष्ट्र र नागरिकको सुरक्षामा तैनाथ सुरक्षाकर्मी ,न्याय सम्पादन गर्ने न्यायालय ,समाजको ऐना संचार जगत , विधि र पद्धतिमा चल्ने उद्योगी व्यवसायी ,स्वास्थ्यकर्मी, शिक्षक लगायत हरेक विधामा आबद्ध नागरिकलाई आआफ्नो क्षेत्रमा विधि र विधान अनुरुप चल्न सहज हुने आर्थिक (भौतिक )र नैतिक दुवै पक्ष सबल रहनुपर्छ।

अहिले देशमा हरेक पेशा व्यवसायमा ठगी ,घुसपैठ, भ्रष्टाचार, तिग्डम जस्ता प्रवृत्ति भएका व्यक्तिहरू रमाउने अनि सुशासनमा र श्रममा विश्वास गर्नेहरूलाई कठिन अवस्था देखिएको छ। यो पद्धति अगाडि बढ्दै जाने हो भने देशमा द्वन्द श्रृजना हुने देखिन्छ । यसैले सरोकारवालाहरू समयमै सचेत हुनु अति आवश्यक देखिन्छ।

छुटाउनुभयो कि ?

साउन १५ अर्थात् खीर खाने दिन

साउन १५ अर्थात् खीर खाने दिन

बुटवल आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्पर...
पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

काठमाडौंविश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक...
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्ब...
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

काठमाडौँसुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ ।...