Breaking news 1

जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो

जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँअविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका २०० जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिममा रहेका स्थानीयवासीलाई रिसाङस्थित त्रिभुवन आधारभुत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ । स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ । टोलीले जोखिममा रहेका नागरिकको उद्धार, स्थानान्तरण तथा आवश्यक सुरक्षा व्यवस्थामा निरन्तर काम गरिरहेको छ । पहिरोको जोखिममा रहेका विभिन्न स्थानबाट उद्धार तथा स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् । यसरी विभिन्न स्थानबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी बासको व...
देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंदेशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई...
होल्डिङ सेन्टरमा सुकुम्बासीको आत्महत्याः परिवारको १२ बुँदे माग

होल्डिङ सेन्टरमा सुकुम्बासीको आत्महत्याः परिवारको १२ बुँदे माग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंभक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमबासी हीरालाल हजारा दुसादको मृत्यु भएपछि परिवार तथा अधिकारकर्मीले सरकारसमक्ष १२ बुँदे माग अघि सारेका छन्। राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई बुझाइएको मागपत्रमा वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउँदा विस्थापित परिवार लामो समयदेखि मानसिक दबाब, अनिश्चितता र भविष्यको चिन्तामा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ। मागपत्रमा ४७ वर्षीय दुसादको मृत्युको अवस्था र त्यसअघि सिर्जना भएको परिस्थितिबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ। परिवारका अनुसार घरटहरा भत्काइएपछि उनी वैकल्पिक व्यवस्थाबिना विस्थापित भएका थिए र कहिले कीर्तिपुर त कहिले बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। परिवार तथा अधिकारकर्मीले राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत घटनाको अनुसन्धान गरी जिम्मेवार देखिएका पदाधिकारी वा व्यक...
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौं‌इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ। इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो। भूकम्पको गहिराइ १५ किलोमिटर थियो भने यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो।भूकम्प फ्लोरेस क्षेत्र आसपास गएको हो। यो क्षेत्र इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीभन्दा पूर्वतर्फ पर्छ। बीएमकेजीले भूकम्पपछि सुनामीको सम्भावना रहेको भन्दै पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा चेतावनी जारी गरेको थियो। सम्भावित सुनामीका छाल ०.५ मिटरदेख...
कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक गरेको युवाको रोजगारीसम्बन्धी नयाँ प्रतिवेदन ‘ग्लोबल इम्प्ल्वाइमेन्ट ट्रेन्ड्स फर युथ–२०२६’ ले पनि सुस्त आर्थिक वृद्धि र पर्याप्त रोजगारी सिर्जना नहुँदा युवाका लागि श्रम बजार प्रवेश थप कठिन बन्दै गएको जनाएको छ । सीप छ तर बजारले चिन्दैन राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक करोड ५७ लाख (६५.५ प्रतिशत) व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिका रूपमा गणना गरिएको छ । त्यसमा ८२ लाख पुरुष र ७५ लाख महिला छन् । आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह २५–२९ वर्षका १९ लाख जना छन् । यस्तै, २०–२४ वर्षका १८ लाख, ३५–३९ वर्षका १७ लाख ८० हजार छन् । यही २०–३९ वर्षका श्रम श...
युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँदै विश्वभर पुर्‍याउने र सबैभन्दा बढी मूल्य दिने देशहरूलाई बेच्ने। तर इरानसँगको युद्धपछि यो व्यापारिक मोडल फेरिएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी लगातार प्रभावित भइरहेको छ। समुद्री बारुदी सुरुङ, मिसाइल र ड्रोन आक्रमणको खतरा, अमेरिका र इरानको नाकाबन्दी तथा बढेको बिमा लागतका कारण यस बाटोबाट हरेक दिन आवतजावत हुने कच्चा तेल २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा सीमित भएको छ।यसैकारण साउदी अरब, युएई र कुवेतसहित धेरै खाडी देशहरू अब होर्मुजमाथिको निर्भरता कम गर्न लागिपरेका छन्। नयाँ पाइपलाइनहरू बिछ्याइँदै छन्, पुराना लाइनहरूको क्षमता बढाइँदै छ र एसियामा तेल भण्डारण तयार गरिँदै छ।यस परिवर्तनको सबैभ...
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंपत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो। आज श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्का, बद्री भुसालले बहस गरेका थिए।श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वायुयानको अपरेटिङ बेस बनाउने तयारी अघि बढाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार निगमले विमानस्थललाई अपरेटिङ बेसका रूपमा विकास गर्ने तयारीस्वरूप मंगलबारदेखि प्रशिक्षण उडान सुरु गरेको हो । निगमका अनुसार आफ्ना फर्स्ट अफिसर (पाइलट)हरूलाई एयरबस ए–३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराइँदैछ । प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै विमानस्थलमा भइरहेको प्रशिक्षण उडानबारे सरोकारवाला सबैलाई जानकारी गराएका छन् । नेपाल वायुसेवा निगमले यसअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्ना अन्तर्राष्ट्रिय उडानका ला...
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले)का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने बताएका छन्। क्युबाको कम्युनिस्ट पार्टीको आयोजनामा हवानामा भएको २४औँ अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शक्ति राष्ट्रको हस्तक्षेप, दबाब र सैन्य प्रभुत्वले विश्व शान्ति तथा अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको धारणा राखे। बैठकमा ५० देशका कम्युनिस्ट तथा श्रमिक पार्टीका प्रतिनिधि सहभागी थिए। ज्ञवालीले क्युबामाथि लामो समयदेखि जारी नाकाबन्दी र दबाबका बाबजुद क्युबाली जनता, सरकार र कम्युनिस्ट पार्टीले देखाएको दृढताको प्रशंसा गर्दै एमालेको ऐक्यबद्धता व्यक्त गरे। उनले पछिल्ला दशकमा पश्चिमी प्रभुत्व क्रमश...
आज सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्न्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।महिला तथा सामा...