Breaking news 1

कामु प्रधानन्यायाधीश सपना मल्लको सम्बोधनका १० हाइलाइट

कामु प्रधानन्यायाधीश सपना मल्लको सम्बोधनका १० हाइलाइट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश सिफारिसबारे बोलेकी छन्। शनिबार कानुन दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कामू प्रधानन्यायाधीश मल्लले घुमाउरो शैलीमा संवैधानिक परिषदले गरेको प्रधान्यायाधीश सिफारिसबारे बोलेकी हुन्। बिहीबार संवैधानिक परिषदले रोलक्रमअनुसार चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो।सरकारले कार्यक्षमताका आधारमा शर्मालाई सिफारिस गरिएको भनेको छ। कामू प्रधानन्यायाधीश मल्लले भने यसलाई न्यायपालिका र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्ने प्रयास हुनसक्ने भनेकी छन्। 'अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू, प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाएर आज्ञाकारी न्याय पालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्...
होर्मुज स्ट्रेटमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

होर्मुज स्ट्रेटमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंमध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच भएको गोली हानाहानका क्रममा एउटा भारतीय मालवाहक जहाज समुद्रमा डुबेको छ। घटनामा एक भारतीय चालक दल सदस्यको मृत्यु भएको छ भने अन्य १७ जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतीय अनलाइन दैनिक ‘दैनिक भास्कर’का अनुसार डुबेको जहाज गुजरातको द्वारका जिल्लास्थित सलायामा दर्ता गरिएको कार्गो जहाज ‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ हो । उक्त जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ कार्गो बोकेर जाँदै गरेको बेला समुद्री तनावको चपेटामा परेको बताइएको छ। दुर्घटनामा चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा रहेका अन्य १७ जनालाई भने उद्धार गरिएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले जानकारी दिएका छन्। उनका अनुसार जहाजमा एक जना बन्दुकधारीसहि...
यो वर्षको मनसुन पुर्वानुमान: कम वर्षा र बढी गर्मी हुने

यो वर्षको मनसुन पुर्वानुमान: कम वर्षा र बढी गर्मी हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभाग ले आगामी मनसुन ऋतुमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरेको छ । विभागअन्तर्गत जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिको जलवायु आँकलन सार्वजनिक गर्दै वर्षा घट्ने तथा अधिकतम र न्यूनतम तापक्रम दुवै बढ्ने पूर्वानुमान गरेको हो । विभागका अनुसार कर्णाली प्रदेश को दक्षिणी भूभाग, लुम्बिनी प्रदेश को अधिकांश क्षेत्र, मधेस प्रदेश को पूर्वी भूभाग र कोशी प्रदेश को दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश का अधिकांश क्षेत्र, मधेसको पश्चिमी भाग तथा कोशीको मध्य भूभागमा पनि ४५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना देखिएको छ । कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । ...
सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।विस्थापित सुकुमबासी वा अव्यवस्थित बसोवासीहरूको हकमा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गराउन र थप प्रभावकारी कार्य गराउनु भन्दै निवेदनको टुङ्गो नलागेसम्मका लागि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको हाे।गोपाल रन पहेली, माजिद अन्सारीसहितले यही वैशाख ११ गते सुकुमबासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए। ...
भारतले फेरी भन्यो : लिपुलेकबाट कैलाश मानसरोवर यात्रा १९५४ देखि चलिरहेको छ

भारतले फेरी भन्यो : लिपुलेकबाट कैलाश मानसरोवर यात्रा १९५४ देखि चलिरहेको छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंभारतले लिपुलेक बारे आफ्नो अडान दोहोराएको छ ।विहिबार साप्ताहिक प्रेस ब्रिफिङका क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकको विषय नयाँ नभएको बताउदै यस क्षेत्रबाट सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यस मार्गबाट यात्रा दशकौँदेखि निरन्तर सञ्चालनमा रहेको दोहोराएका हुन् ।लिपुलेकको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई विरोध पत्र पठाएपछि यसअघि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति मार्फत एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने बताउदै नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको थियो । ...
प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँसर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरिएको छ । विहिबार बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मा ३२औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।प्रधानन्यायाधीशका लागि यसअघि न्याय परिषदले न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेका मध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि चयन गर्ने संव...
हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौँ, तपाईंहरू ढुक्क हुनुहोस्: प्रधानमन्त्री शाह

हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौँ, तपाईंहरू ढुक्क हुनुहोस्: प्रधानमन्त्री शाह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गरेका छन्।धेरै पत्रकार, नेता र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने निर्णय लिएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको छ।विगतमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’ बनेको प्रधानमन्त्रीको आरोप छ। योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइएका कारण जनताको विश्वास प्रणालीप्रति कमजो...
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ । दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो । अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ । प्रचलित कानुनबमोजिम नि...
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंसरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् ।आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।त्यस्तै होल्डिङ सेन्टरमा सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ भने स्वेच्छिक व्यवस्थापनअन्तर्गत दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।सरकारले हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरेको छ । ...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन शुरु गरिएको हो ।विश्व प्रेस स्वतन्त्रता दिवसको यस बर्षको नारा 'शान्तिमा भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन' रहेको छ । यस नाराले पारदर्शिता प्रवर्द्धन गर्ने, गलत सूचनाको प्रतिरोध गर्ने र द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने क्षमतामा केन्द्रित हुँदै शान्ति निर्माण उपकरणको रूपमा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ ।अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चा...