विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती
बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लागेको बताएका छन्।नेपाल विद्युतीय व्यवसायी महासंघको बुटवलमा आयोजित १७औं बार्षिक साधारण सभामा वोल्दै प्रदेश प्रमुख घर्तीले आफुले खासै जानकारी नपाएको विद्युतीय व्यवसायीको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले गरेको व्यवसायी प्रगति, राज्यलाई प्रदान गरेको राजस्व र प्रसस्त विद्युतको संभावना रहेको देश नेपालमा यसको भविष्य पनि राम्रो रहेको वताएका हुन् ।संघिय सरकारको वारेमा वोल्दै उनले सरकारसंग आसा रहेको तर विश्वास नरहेको धारणा राखेका छन्। त्यति ठुलो धनजनको क्षतीबाट वनेको करिब दुई तिहाईको सरकारबाट आसा राख्नु स्वाभाविक रहेको तर गतिविधि देख्दा विश्वास गर्न नसकेको दुःखेसो पोखे।अहिले देश बाढीबाट पिडामा परेको र देश तथा विदेशका नागरिकबाट ठुलो सहयोग जुटेको तर त्यो सहयोग सद...








