भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध
काठमाडौंनेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ ।
कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् ।उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको व्यक्ति दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा सिफारिस भए भनेर उनले प्रश्न उठाएका छन् ।केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर पार्टी संगठन विस्तारमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको मनोबल गिरेको र संगठनभित्र निराशा तथा विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ ।पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थाम...








