पेट्रोलियम पदार्थ,एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भारी वृद्धि
काठमाडौं
नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमले आज देखि लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलसहित एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ।नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढाइएको छ। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ कायम भएको छ।त्यस्तै, एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। अब ग्यासको पूरा सिलिन्डर २०१० रुपैयाँ र आधा सिलिन्डर १००५ रुपैयाँ पर्ने भएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।निगमका अनुसार सरकारले ५० प्रतिशत भन्सार छुट र पूर्वाधार विकास करमा छुट दिएको अवस्थामा समेत पाक्षिक रूपमा करिब १० अ...








