पेट्रोलियम पदार्थ,एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भारी वृद्धि


काठमाडौं

नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमले आज देखि लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलसहित एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढाइएको छ। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ कायम भएको छ।
त्यस्तै, एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। अब ग्यासको पूरा सिलिन्डर २०१० रुपैयाँ र आधा सिलिन्डर १००५ रुपैयाँ पर्ने भएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।
निगमका अनुसार सरकारले ५० प्रतिशत भन्सार छुट र पूर्वाधार विकास करमा छुट दिएको अवस्थामा समेत पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ। हाल निगमलाई पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको जनाएको छ।

मूल्य वृद्धिसँगै उपभोक्तामाथि थप आर्थिक भार पर्ने निश्चित देखिएको छ भने बजारमा यसको प्रभाव अन्य उपभोग्य वस्तु तथा यातायात भाडामा समेत पर्ने अनुमान गरिएको छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...