पत्रपत्रिका

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौं गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्कीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डेलाई स्वास्थ्य मन्त्री तथा नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ । यसपटक मन्त्रिपरिषद् पुनर्गठन नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबन्डाका आधारमा गरिएको हो । ...
इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसैसाता पुनः वार्ता सुरू हुने ट्रम्पको संकेत

इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसैसाता पुनः वार्ता सुरू हुने ट्रम्पको संकेत

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसै हप्ता वार्ता पुनः सुरू हुने संकेत गरेका छन् ।पाकिस्तानमा आइतबार २१ घण्टासम्म भएको प्रत्यक्ष वार्ता नतिजाविहीन बनेको थियो । अहिले अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ ।मंगलबार प्रकाशित न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले आगामी दुई दिनमा पाकिस्तानमा वार्ता पुनः सुरू हुन सक्ने बताएका छन् । ट्रम्पले सुरूमा वार्ता युरोपमा हुने बताएका थिए तर पछि फिर्ता बोलाएर उनीहरू इस्लामाबाद फर्कने ‘अधिक सम्भावना’ रहेको बताएको पत्रिकामा उल्लेख छ । इरानी पक्षले ट्रम्पको टिप्पणीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ूअत्यधिक सम्भावनाू रहेको बताएका छन् । रोयटर्स समाचार एजेन्सीका अनुसार खाडी, पाकिस्तानी र इरानी अ...
आजदेखि देशभर आर्थिक गणना हुँदै

आजदेखि देशभर आर्थिक गणना हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवम् आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष...
कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता

कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँपूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ । खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ । २४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला...
व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न शैक्षिक सामग्री व्यवसायीलाई अभिभावक संघको आग्रह

व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न शैक्षिक सामग्री व्यवसायीलाई अभिभावक संघको आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलअभिभावक संघ नेपाल लुम्बिनी प्रदेशले नयाँ शैक्षिक सत्र शुरु भएसंगै पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाकको व्यवसाय गर्ने व्यवसायीलाई व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न आग्रह गरेको छ।प्रेस विज्ञप्ति जारी गर्दै संघले २०८३ को शुरुवातसँगै देशभरका शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनको तयारी तीव्र रूपमा भइरहेको र विद्यार्थीहरूलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाक उपलब्ध गराउनु सबै सरोकारवालाहरूको साझा दायित्व रहेको जनाएको छ।संघले विगतका अनुभवहरूलाई मध्यनजर गर्दै, यस नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले शैक्षिक सत्रको पहिलो दिनमै सबै पाठ्यपुस्तक र स्टेशनरी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्ने वताएको छ।सरकारद्वारा तोकिएको र पुस्तकमा छापिएको मूल्य (MRP) भन्दा बढी नलिन तथा स्पष्ट मूल्य सूची राखेर बिक्री वितरण गर्न अनुरोध...
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्डको अनुगमन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्डको अनुगमन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलगृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका छन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् । अनुगमनका क्रममा उहाँले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् । ...
५ वर्षमा १५ लाखलाई जागिर दिने सरकारको प्रतिबद्धता,सबैलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराइने

५ वर्षमा १५ लाखलाई जागिर दिने सरकारको प्रतिबद्धता,सबैलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले आगामी ५ वर्षमा १५ लाख जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी तयार पारिएको 'राष्ट्रिय प्रतिबद्धता' मा सरकारले स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाउने जनाएको छ । 'डाक्टर, नर्स, इन्जिनियर, कृषि, वन, सूचना प्रविधि आदि क्षेत्रका प्राविधिक जनशक्तिलाई देशमै रहेर रोजगारी र व्यवसाय गर्न उत्प्रेरित गरिनेछ। स्थानीय तह मार्फत श्रमिकको आवश्यकता र उपलब्धताको अनुसन्धान र अभिलेखीकरण गरी श्रमिकको दक्षता विकास कार्यक्रम सञ्चालन गरिनेछ । रोजगारीलाई अस्थायी राहत होइन स्थायी आधार बनाउँदै पाँच वर्षमा पन्ध्र लाख रोजगारी सिर्जना गरिनेछ,' प्रतिबद्धतामा भनिएको छ । नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानुनी र नीतिगत संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमापार ...
नयाँ वर्षमा प्रधानमन्त्री शाहले सुख,शान्ति र समृद्धिको कामना गरेका छन्

नयाँ वर्षमा प्रधानमन्त्री शाहले सुख,शान्ति र समृद्धिको कामना गरेका छन्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः…’ सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो उल्लेख गरेका हुन्। उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, शुभता र निर्विघ्न जीवनको आशा ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्। साथै, कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावनासहित देशभर शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा दिएका छन्। ...
रातोपाटी डटकमको सम्पादकमा दिपक ज्ञवाली नियुक्त

रातोपाटी डटकमको सम्पादकमा दिपक ज्ञवाली नियुक्त

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल रातोपाटी न्युज नेटवर्क’द्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन् । ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सोहीअनुसार मङ्गलबार ललितपुरको बखुन्डोलस्थित रातोपाटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबिच उनलाई अध्यक्ष विजया शर्माले स्वागत गरिन् । गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका ज्ञवालीसँग पत्रकारिताको तीन दशक लामो अनुभव रहेको छ । उनले रातोपाटीअघि हिमाल खबर पत्रिका, समय (म्यागेजिन), राजधानी दैनिक, स्पेसटाइम दैनिक, दैनिक लुम्बिनी, भावना दैनिक, लुम्बिनी रिभ्यू डटकम, रेडियो लुम्बिनी, रासस लगायतका सञ्चार संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।लिथो, लेटरप्रेसदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको अनुभव बोकेक...
कस्तो छ आजको मौसम?

कस्तो छ आजको मौसम?

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । देशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रद...