पत्रपत्रिका

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो प्रस्तुत गरेका छन् । प्रधानमन्त्री शाहसँग विहिबार भएको छलफलमा उनीहरुले समान किसिमका समस्या प्रस्तुत गरेका थिए । त्यस्ता समस्याहरुमा प्रदेशमा कर्मचारी अभाव, समन्वयको कमी र सङ्घीय कर्मचारीको असहयोगजस्ता गुनासा थिए । उनीहरुले आवश्यक प्रशासनिक समूहका कर्मचारी नपाएको र पठाइएका कर्मचारीबाट अपेक्षित काम हुन नसकेको गुनासो प्रधानमन्त्रीसमक्ष गरे ।मुख्यमन्त्रीहरुले प्रदेशमा जग्गाको स्वामित्वमा जटिलता, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेशमार्फत व्यवस्थापन गर्न सुझाव दिएका थिए ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उत्पादन तथा ‘ब्रान्डिङ’का लागि सङ्घसँग समन्वय गरेर कानुन निर्माण गर्नुपर्नेमा जोड दि...
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन । “तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः०० र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ,” उनले भनीन, “भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ । श्रेष्ठका...
नेतृत्वको अस्तित्व जोगाउन ‘वाम एकता’ को प्रयास गरिदैछ : सुरेन्द्र पाण्डे

नेतृत्वको अस्तित्व जोगाउन ‘वाम एकता’ को प्रयास गरिदैछ : सुरेन्द्र पाण्डे

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिले बहस चलाइएको वाम एकता नेतृत्वको अस्तित्व जोगाउन भएको टिप्पणी गरेका छन् ।नेता पाण्डेले नेतृत्वमाथि संकट आइलाग्यो भनेर फेरी बाम एकताको दौडधुपमा रहेको बताउदै हिजो पद प्राप्तिका लागि एकता गरेको र अहिले अस्तित्व जोगाउन एकता गर्ने प्रयास भइरहेको बताएका हुन् ।उनले भनेका छन्- 'हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि 'वाम एकता' को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?' पाण्डेले एमाले आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने र दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी रहेको बत...
संसदीय समितिका सभापतिको चयनमा सत्ता पक्ष र विपक्षी दल छुट्टा छुट्टै छलफलमा

संसदीय समितिका सभापतिको चयनमा सत्ता पक्ष र विपक्षी दल छुट्टा छुट्टै छलफलमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंदलहरु संसदीय समितिको सभापतिको चयनमा जुटेका छन् । आज १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभाका विषयगत समितिका सभापतिको मनोनयन दर्ताको समय रहेको छ ।यसैबीच समितिका सभापतिका उम्मेदवारको विषयमा छलफल गर्न रास्वपाको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।अर्कोतर्फ सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरु पनि छलफलमा जुटेका छन् । संसदीय समितिका सभापति चयनको विषयमा नेपाली काँग्रेसम एमाले र नेकपासहितका दलहरु छलफलमा जुटेका हुन् । कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने बताएको छ । तर सत्तारुढ दल रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने संकेत गरेको छ । सामान्यतया सार्बजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने प्रचलन रहेकाले यस पटक काँग्रेसले दाबि गरेको छ । ...
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई रु. १ हजार दरका २१ थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ भैरहवा क्षेत्रबाट तथा चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय मुक्ति प्रसाद खनाल (सुजन खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानीलकण्ठ...
नेपाल आयल निगमले फेरि बढायो इन्धनको मूल्य

नेपाल आयल निगमले फेरि बढायो इन्धनको मूल्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा डिजल- मट्टीतेल प्रतिलिटर २३७ पर्ने भएको छ । निगमले मुल्य समायोजन पछि पनि डिजलमा प्रति लिटर ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपियाँले बढेको छ । निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रुपमा ५ अर्ब ७५ करोड घाटा रहेको बताएको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मुल्य भने यथावत राखेको छ । ...
यि हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यि हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलका अनुसार, आजको बैठकले विभिन्न समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । विशेषगरी पछिल्लो समय चर्चामा रहेको जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रअन्तर्गत तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिले आन्दोलनसँग सम्बन्धित विषयहरूको अध्ययन, विश्लेषण तथा कार्यान्वयन प्रक्रियालाई अघि बढाउने जिम्मेवारी पाउने बताइएको छ । यस्तै, मन्त्रिपरिषद्ले २०६२र०६३ सालपछि उच्च पदमा रहेका कर्मचारी तथा राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय पनि गरेको छ। यस निर्ण...
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले सबै स्थानीय तहलाई पत्राचार गरेर मन्त्रिपरिषद्को गत चैत १३ को बैठकको निर्णयमा रहेको १०० बुँदे कार्यसूचीअन्तर्गत पर्ने विद्यालय शिक्षा क्षेत्रका विषयबारेको विवरण मागेको हो । केन्द्रले भौगोलिक सूचना प्रणालीको प्रयोगमार्फत् वैज्ञानिक नक्साङ्कन गरी जनसङ्ख्याको बदलिँदो स्वरुप, भौगोलिक विकटता, विद्यार्थी सङ्ख्या र दुरी आदिका आधारमा विद्यालय समायोजन गरिएका तथा नयाँ स्थापना गरिएका विद्यालयको विवरण स्थानीय तहसँग मागेको छ । केन्द्रका निर्देशक डा श्यामप्रसाद आचार्यले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ बमोजिम निजी लगानीका विद्यालय र सार्वजनिक गुठी...
हिन्द महासागरमा डुङ्गा दुर्घटना हुँदा २सय५० जना बेपत्ता

हिन्द महासागरमा डुङ्गा दुर्घटना हुँदा २सय५० जना बेपत्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँबंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन्।संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादेशी नागरिक परेका छन्।बीबीसीका अनुसार माछा मार्न प्रयोग हुने उक्त डुङ्गा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो। तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी यात्रु सवार रहेका कारण डुङ्गा डुबेको जनाइएको छ। बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार ९ अप्रिलमा उनीहरूको एक जहाजले दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो। डुङ्गा कहिले दुर्घटनामा परेको भन्ने विषय स्पष्ट नभएको बताइएको छ। रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो। सन् २०१७ मा भएको हिंसापछि उनीहरू ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए। म्यानमा...
लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १६ जनालाई भ्रष्टाचार मुद्दा, शीतभण्डार निर्माणमा रकम अपचलनको आरोप

लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १६ जनालाई भ्रष्टाचार मुद्दा, शीतभण्डार निर्माणमा रकम अपचलनको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरुपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीत भण्डार निर्माणको अनियमिततालाई लिएर लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।तत्कालीन सचिव बैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह(लेखापाल अजय मिश्र । परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइरालालाई प्रतिवादी बनाइएको छ ।त्यस्तै भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया लगायत विभिन्न सहकारीका प्रतिनिधि प्रतिवादीको सूचीमा छन् । स्व। श्याम सुन्दर यादव र स्व। कतवारु गोसाईको हकमा बिगो बमोजिम असुल उपर गर्न उनीहरूका श्रीमतीहरू क्रमशस् इनर...