हिन्द महासागरमा डुङ्गा दुर्घटना हुँदा २सय५० जना बेपत्ता


काठमाडौँ
बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन्।
संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादेशी नागरिक परेका छन्।
बीबीसीका अनुसार माछा मार्न प्रयोग हुने उक्त डुङ्गा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो। तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी यात्रु सवार रहेका कारण डुङ्गा डुबेको जनाइएको छ।

बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार ९ अप्रिलमा उनीहरूको एक जहाजले दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो।

डुङ्गा कहिले दुर्घटनामा परेको भन्ने विषय स्पष्ट नभएको बताइएको छ। रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो। सन् २०१७ मा भएको हिंसापछि उनीहरू ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए।

म्यानमारमा बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेका छन् भने रोहिङ्ग्या मुसलमानलाई नागरिकता प्रदान गरिएको छैन। बंगलादेशमा कठिन अवस्था भएपछि धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गर्दै मलेशिया पुग्ने प्रयास गर्ने गरेका छन्।

उद्दार गरिएकामध्ये एक रफिकुल इस्लामले उद्दार हुनुअघि झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन्। ४० वर्षीय इस्लामका अनुसार मलेशियामा रोजगारीको आशामा उनले जोखिमपूर्ण यात्रा रोजेका थिए।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...