पत्रपत्रिका

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ र अनुसन्धान गर्न ,जेन-जी मुभमेन्टको माग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ र अनुसन्धान गर्न ,जेन-जी मुभमेन्टको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस वक्तव्य जारी गर्दै जेन–जी मुभमेन्टले मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो । वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ । त्यस्तै, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परि...
आज अक्षय तृतीया , यस्तो छ शास्त्रीय महत्व

आज अक्षय तृतीया , यस्तो छ शास्त्रीय महत्व

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौँआज अक्षय तृतीया । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ । आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजको दिन बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए। यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मालम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्ब मनाउछन् । अक्षय तृतीयामा मुख्यत: सातु खाने चलन रहि आएको छ । यस दिनमा जुन गहुँलगायतवाट बनेका सातु ख...
अँग्रेजलाई हराएको एक मात्र किल्ला बुटवलको जितगढी, आज उत्सव मनाईँदै

अँग्रेजलाई हराएको एक मात्र किल्ला बुटवलको जितगढी, आज उत्सव मनाईँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआज बैशाख ७ गते अर्थात बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो । आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने प्रचलन छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा चौथो पटक...
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वी...
काँग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

काँग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली काँग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत चैत ११ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरेको उक्त समितिलाई पूर्णता दिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी विज्ञ समूहमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विकलाई सदस्यमा मनोनयन गरिएको जानकारी दिए । समितिको सदस्य सचिवमा अधिवक्ता राजु कटुवाललाई जिम्मेवार दिइएको छ । यसै गरी, समितिलाई पाँच बुँदे कार्य विवरणसमेत दिइएको...
सडकमा पैदल हिँडेका ४ जनालाई एम्बुलेन्सले दियो ठक्कर, दुई जनाको गयो ज्यान

सडकमा पैदल हिँडेका ४ जनालाई एम्बुलेन्सले दियो ठक्कर, दुई जनाको गयो ज्यान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
सडकमा पैदल हिँडेका ४ जनालाई एम्बुलेन्सले दियो ठक्कर, दुई जनाको गयो ज्याननेपालगन्जबर्दियाको गुलरियामा पैदल हिडिरहेकाहरुलाई एम्बुलेन्स ठक्कर दिदा दुई जनाको ज्यान गएको छ। उक्त घटनामा अन्य दुई जना घाइते भएका छन्। जिल्लाको गुलरिया नगरपालिका– ५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको छ। मृतक भुमिराज योग गुरु भएको प्रहरीको भनाई छ। दुर्घटनामा गम्भिर घाईते भएका भुमिराजका नाति रिहान्सको जिल्ला अस्पताल बर्दियामा र भुमिराजको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते छन्। उनीहरु दुवैको बाँकेको नेपालगंजमा उपचार भइरहेको छ। ...
स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंसामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजमाथि इरानी सेनाले गोलीबारी गरेको घटनाप्रति भारतले कडा विरोध जनाएको छ। शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले भारतीय कार्गो जहाज ुजग अर्णवु र तेल ट्याङ्कर ‘सनमार हेराल्ड’लाई आफ्नो निर्धारित मार्ग परिवर्तन गर्न बाध्य पारेको थियो ।जहाजहरूको आवागमन निगरानी गर्ने ‘ट्याङ्कर ट्रयाकर्स’का अनुसार, च्यानल १६ को अडियो रेकर्डिङले इरानी नौसेनाले ती जहाजहरूलाई पछाडि हट्न दबाब दिने क्रममा गोलीबारी समेत गरेको पुष्टि गरेको छ । मरिन ट्र्याकिङ डेटाका अनुसार लार्क टापु पार गरेपछि ती जहाजहरूलाई इरानी सेनाले अवरोध पुऱ्याएपछि यु–टर्न लिएर फर्कन बाध्य भएका थिए। यस गम्भीर घटनालाई लिएर भारत सरकारले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई आफ्नो कडा आपत्ति र गम्भीर चिन्ता दर्ज गराएको छ। अन्तर्राष्ट्रिय...
एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँपूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । २१ दिनको उपचारपछि उनी आज डिस्चार्ज भएका हुन् ।गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो ।अस्पताल स्रोतका अनुसार ओलीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि चिकित्सकहरूको सल्लाहमा डिस्चार्ज गरिएको हो । उपचार अवधिभर ओली चिकित्सकहरूको निगरानीमा थिए । डिस्चार्जपछि पनि केही समय नियमित फलोअप तथा आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । ...
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
दाङ लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढा ले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ । ...
सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक राखेका छन् । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सभापति लामिछानेले सचिवालयको बैठक राखेका हुन् । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) माथि छलफल गर्न बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।झाका अनुसार बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुने छ । बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने झाले बताए । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने एजेण्डामा उल्लेख छ।उनका अनुसार पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र ...