सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक


काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक राखेका छन् । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सभापति लामिछानेले सचिवालयको बैठक राखेका हुन् ।

पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) माथि छलफल गर्न बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुने छ । बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने झाले बताए । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने एजेण्डामा उल्लेख छ।
उनका अनुसार पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ।

यसका साथै विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका विषयमा पनि विस्तृत छलफल हुने झाले बताए।

छुटाउनुभयो कि ?

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । मेलामा ...
हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

काठमाडौँहिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्य...
तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

रुपन्देहीरुपन्देहीको तिलोत्तमा वडानं १४ स्थित बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण सप्ताह तथा धन-धान्यान्चल ज्ञान महायज्ञ...
न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै   ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आय...