सडकमा पैदल हिँडेका ४ जनालाई एम्बुलेन्सले दियो ठक्कर, दुई जनाको गयो ज्यान


सडकमा पैदल हिँडेका ४ जनालाई एम्बुलेन्सले दियो ठक्कर, दुई जनाको गयो ज्यान
नेपालगन्ज
बर्दियाको गुलरियामा पैदल हिडिरहेकाहरुलाई एम्बुलेन्स ठक्कर दिदा दुई जनाको ज्यान गएको छ। उक्त घटनामा अन्य दुई जना घाइते भएका छन्।

जिल्लाको गुलरिया नगरपालिका– ५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको छ। मृतक भुमिराज योग गुरु भएको प्रहरीको भनाई छ।

दुर्घटनामा गम्भिर घाईते भएका भुमिराजका नाति रिहान्सको जिल्ला अस्पताल बर्दियामा र भुमिराजको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते छन्। उनीहरु दुवैको बाँकेको नेपालगंजमा उपचार भइरहेको छ।

उनीसहित ४ जना आइतबार बिहान सवा ५ बजे योगा गर्न आयुर्वेद अस्पताल जाँदै थिए। सडक पार गर्ने क्रममा उनीहरूलाई एम्बुलेन्सले ठक्कर दिएको थियो।

प्रहरी निरीक्षक कार्कीका अनुसार बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर तर्फ जाँदै गरेको लुम्बिनी बा– ०–३०५ नम्बरको एम्बुलेन्सले उनीहरू चारै जनालाई ठक्कर दिएको थियो।

ठक्कर दिने एम्बुलेन्स बाँके कोहलपुरको सिर्जनशील टोल विकास संस्थाले सञ्चालन गर्दै आएको थियो। ठक्कर दिँदा एम्बुलेन्समा चालक मात्रै सवार थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...