विविध

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । यदि नेपाल अङ्कता...
पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज घाम लाग्ने सम्भावना छ । तर, सुदूरपश्चिमसहित केही पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । ...
स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२० फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् ।स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताए । यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् ।आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । क...
डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२० फागुन, कास्की। फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए । ...

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

ताजा अपडेट, विविध, समाचार
काठमाडौँ । छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ ।  उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत सरोज शनिबार दिउँसो दुर्घटनामा परेका हुन् ।  लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । नेपाल नेकपा एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् । शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए । ...
तराईका जिल्लामा हुस्सु र कुहिरो, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

तराईका जिल्लामा हुस्सु र कुहिरो, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

विविध, समाज, स्थानीय
काठमाण्डाै - तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हिजो पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका जिल्ला हुस्सु कुहिरोका कारण प्रभावित छन् । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा भिजिबिलिटी समेत घटेको छ । भिजिबिलिटी घटेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आज अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । तत्काललाई वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । ...
देश र जनताप्रेमी नेतृत्व कहिले पाउने ?

देश र जनताप्रेमी नेतृत्व कहिले पाउने ?

लेख रचना, विविध
लेखक : श्रीराम ज्ञवाली नेपालले अंगिकार गरेको समाजवाद र उक्त व्यवस्थासम्म पुग्नका लागि आवश्यक पूर्वाधारहरु पूरा गर्नु नै नेपालको उद्देश्य हुनुपर्छ । नेपालमा भएका विभिन्न क्रान्तिहरु सामन्तवाद अन्त्यका लागि गरिएका विभिन्न आन्दोलनहरु सफल भए । तर त्यही प्रवृत्ति शासकहरुमा दोहोरिएको छ । यसका लागि सबैले नसोचेमा नेतृत्वप्रति पुनः निर्णायक आन्दोलन हुन सक्छ । सामन्तवादको निराकरण पछि आर्थिक क्रान्ति हुनुपर्छ । जसमा दलाल पूँजीवादलाई परास्त गर्दै देशमा सम्भावना रहेका उत्पादन गर्न सकिने उपभोग्य चीजहरु उत्पादन गरी पर्याप्त भए विदेशहरुमा समेत निर्यात गरी सन्तुलित आर्थिक विकास गर्नुपर्छ । जसमा स्वदेशी कच्चा पदार्थ, स्वदेशी रोजगार र स्वदेशी उत्पादनलाई प्रोत्साहन र पूँजीको संचित गरी जनताको आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित हुर्नुपर्छ । हाम्रो विचार बोली र व्यवहारमा ए...
जापानमा युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध !

जापानमा युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध !

ताजा अपडेट, राेचक जानकरी, विदेश, विविध, समाचार
म्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ । मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ । उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ । एजेन्सीका अनुसार जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पेय पदार्थको खपत घटिरहेको छ । सरकारको पछिल्लो अभियानले युवाहरूलाई मदिराजन्य पेय पदार्थलाई...

नेकपा एमाले रुरुक्षेत्रले कार्यकर्तालाई पढाउन शुरु गर्यो

ताजा अपडेट, विविध, समाचार, स्थानीय
कृष्ण अन्जान७ भदौ, बलेटक्सार गुल्मी पाका ,अधवैशे र युवाहरुको बाक्लो उपस्थिति । पार्टीका झण्डा चुनाव चिन्ह र कार्यक्रमका व्यानर मुनि केन्द्र देखि प्रदेश जिल्ला तहका नेता हरु । लामो समय पछि नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुका लागि आयोजना गरेको शैद्धान्तिक र वैचारिक प्रशिक्षणको नजारा हो ।यतिबेला नेकपा एमाले गुल्मीले जिल्ला भरिका पालिकाहरुमा पालिका स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ,यसै क्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले पनि केन्द्र ,प्रदेश र जिल्ला स्तरिय नेताहरुलाई प्रशिक्षकको रुपमा डाकेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।मुख्यतया मार्क्सवादी अवधारणा र कम्युनिस्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि ,जनताको बहुदलीय जनवाद र समाजवादमा पुग्ने आधार ,पार्टी सदस्यका काम कर्तव्य र अधिकार र पार्टीका तत्कालीन कार्यनीति ,नेकपा एमालेको प्रचार शैलि र सामाजिक सन्जालको प्रयोग ,...
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

खेलकुद, जीवनशैली, फिचर, मनोरञ्जन, राेचक जानकरी, विविध, समाज
स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समे...