छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन


काठमाडौँ । छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ ।  उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । 
एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत सरोज शनिबार दिउँसो दुर्घटनामा परेका हुन् । 

लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । नेपाल नेकपा एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् । शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...