विविध

सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा, अभियुक्त सीआईबीको हिरासतमा

सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा, अभियुक्त सीआईबीको हिरासतमा

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ । आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अनुसार फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।राजस्व अनुसन्धान विभागले आइतबारमात्र यो प्रकरणको सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । २ साउनमा विभागले त्रिभुवन विमानस्थलबाहिरबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।सो प्रकरणमा विभागले राजस्व चुहावट कसुरमा अनुसन्धान गरिरहेको थियो । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए । ...
जिबराज आश्रितको स्मृति सभा उहांको जन्म ठाउंमा सम्पन्न

जिबराज आश्रितको स्मृति सभा उहांको जन्म ठाउंमा सम्पन्न

ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, १९ साउन । नेकपा एमालेका चार कमिटीहरुको संयुक्त आयोजनामा जिबराज आश्रितको ८० औ समृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। बिहिबार नेकपा एमाले मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी गाउँकमिटीले एमालेका कुशल संगठक आश्रितको स्मृति सभा जन्मस्थान हरेवामा आयोजना गरेका थिए। चन्द्रकोट गाउँकमिटी अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र एमाले गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा थापाले टेलिफोनबाट कार्यक्रमलाई संबोधन गरेका थिए । त्यस्तै केन्द्रिय सदस्य गणेश खनाल र जंग नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, मुसिकोट नगरपालिका प्रमुख जिवन खरेल, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामु, कांग्रेस चन्द्रकोट कार्यसमिति सभापति बिष्णु भण्डारी, माओवादीका चन्द्रकोट गाउँकमिटी सचिव गोकर्ण शर्मा र रास्वपा चन्द्रकोट सल्लाहकार जागे...
‘अहिले चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छ’

‘अहिले चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छ’

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छाैँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ । किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएकाे छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार...
आँखा पाक्ने रोगबाट यसरी  बच्न सकिन्छ ?

आँखा पाक्ने रोगबाट यसरी बच्न सकिन्छ ?

जीवनशैली, ताजा अपडेट, माैसम, लेख रचना, विविध, समाचार, समाज
१८ साउन, काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।‘हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन । ‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा पर्‍यो भने पनि आँखा पाक्ने समस्या हु...
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । ...
मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,

मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,

विविध, समाचार, स्थानीय
चैत्र ३०, बुटबल नयाँ बर्ष २०८० सालको अबशर पारेर गुल्मी मर्भुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अबशरमा समाजको क्यालेन्डर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । गुल्मीको मर्भुङ्ग क्षेत्रबाट विभिन्न कामको शिलशिलामा रुपन्देहीको बुटबल आसपासमा बसोबास गर्ने दाजुभाई तथा दिदी बहिनिको सयुक्त पहलमा स्थापना गरिएको सस्थाले बिभिन्न शिर्जनशिल कृयाकलाप गर्दै आएको छ । एउटै भुगोलमा जन्म भएका दाजुभाई दिदिबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउन, भातृत्वलाई नजिक ल्याउन , एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा सामाजिक कृयाकलाप गर्नको लागि सस्था स्थापना गरिएको समाजका कोषाध्यक्ष किरण जि सिले जानकारी दिनु भएको छ ।बुधबार सम्पन्न सम्पन्न क्यालेन्डर बिमोचन कार्यक्रममा थानेश्वर अर्यालको अध्यक्षता तथा...
आज विश्व कविता दिवस

आज विश्व कविता दिवस

Breaking news 2, ताजा अपडेट, लेख रचना, विविध
साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ । ...
प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुग्नुभएको छ । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको हो । उहाँले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिनुभएको छ ।यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ क...
आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।   ...
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका...