विविध

नवरात्रकाे आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

नवरात्रकाे आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, “कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।”नवरात्रको पह...
चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना

चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआउँदै गरेकाे विजयादशमी, दीपावली र छठ पर्वमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले प्रहरी प्रशासन, व्यवसायी र यात्रुहरूको समन्वयमा बुटबल बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।सोमबार गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले यात्रुहरूलाई सहज होस् र दुर्घटना ननिम्तियोस् भन्ने उद्देश्यले यातायात कक्ष राखिएको बताएका छन्।कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यात्रु लगायत नागरिकलाई यात्रामा सहजता होस्, दुर्घटना लगायतका समस्या नआओस् भनी उक्त सहायता कक्षको स्थापना गरिएको बताएका छन्। प्रहरी उपरिक्षक शर्माले विविध समस्याका बावजुद पनि देश र जनता नै सर्वोपरि हुन् भन्ने आफूहरूको धर्म बमोजिम पर्वहरूमा आवतजावत गर्न यात्रुहरू स्वभाविक बढी हुने र केही कस...
रूपन्देही विद्युतीय व्यवसायी सङ्घद्वारा शुभकामना आदानप्रदान

रूपन्देही विद्युतीय व्यवसायी सङ्घद्वारा शुभकामना आदानप्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देही विद्युतीय व्यवसायी सङ्घले आउँदै गरेका महत्वपूर्ण पर्व विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।सोमबार सङ्घको सचिवालय तिलोत्तमाको भलवाडीमा आयोजित कार्यक्रममा शुभकामना साटासाट गर्दै व्यवसायीहरूले अहिले सिर्जना भएको देशको वातावरणले देश र नागरिकका हितका लागि राम्रो गर्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। साथै वक्ताहरूले आउँदै गरेका महत्त्वपूर्ण पर्वहरूले सम्बद्ध व्यवसायीहरूको व्यवसाय, परिवार ,समाजमा सकारात्मक परिणाम ल्याओस् पनि कामना गरेका छन्। रुपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्तराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष अनन्तमान थैवले देशको राजनीतिमा अहिले नयाँ परिदृश्य देखिएको र यसले समग्र देश र नागरिकसँगै संस्थामा आबद्ध व्यवसायीको पनि हित हुनेमा विश्वास रहेको बताए।अहमता, नक...
मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
६ असोज, काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेका समाचार सार्वजनिक भएका थिए । यद्यपि यी नाममा केही थपघट पनि हुनसक्ने सम्भावना रहेको स्रोत बताउँछ । ...
मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तुइनखोलामा शुक्रबार साँझ पहिरो खसेपछि डोजरको सहयोगमा शनिबार बिहान पहिरो पन्छाइँदै । तस्बिर ÷रासस काठमाण्डौ – अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरी...
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै

सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ असोज, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्...
जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, समाज
अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन् ।नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए । ‘अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को-को उभिनुपर्छ भन्ने देखिनेछ ।’-उनले भने, न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘तपाईँ हाम्रा घर सुधार्न जरुरी छ । घर भनेको पहिलो पाठशाला हो । आमा-बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने...
आज संविधान दिवस मनाईदै ,

आज संविधान दिवस मनाईदै ,

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको हो । विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थ...
गुल्मीका तीन मुख्य सडक अबरुद्ध

गुल्मीका तीन मुख्य सडक अबरुद्ध

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
गुल्मी , असोज -१ । अविरल बर्षा सङ्गैको बाढी पहिरोका कारण गुल्मी जिल्लाका मुख्य तीन वटा सडक अबरुद्ध भएका छ्न ।जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण अनुसारकालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका -२ राक्सेमा पहिरोको कारण अबरुद्ध भएको छ । त्यस्तै मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी तम्घास सडक रुरु क्षेत्र गाउँपालिका -३ सल्लेरी भन्ने स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएको छ ।उता रुद्रवेणी – वामी सडकखण्ड अन्तर्गत सत्यवती -४ भिर पहिरो पहिरोका कारण बाटो अबरुद्ध भएको छ । त्यस सडक खण्डको डहरे खोला र तल्लो फाटमा पनि पहिरोका कारण अबरुद्ध भएको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालको अपिल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालको अपिल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलसबैमा नमस्कारजब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्भर माटोमा सिँचाई गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो । र अहिले पनि छँदैछ ।त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ । हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रुपमा अवस्थित छ ।मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी तीन कुरामा...