विविध

रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१३ माघ, काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने बताएका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता ...
सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

खेलकुद, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सभापति कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र न्युरोड टीम (एनआरटी) क्लबले खेल्दैछन् । यो खेल बेलुका साढे पाँच बजेपछि दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसँग खेल्नेछ । हिजो नेपाल पुलिस क्लबलाई हराउँदै बागमती सेमिफाइनलमा पुगेको हो । सङ्कटा र मच्छिन्द्र फुटबल क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् ।  प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  ...
आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ – पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र उपलब्धीबीच ठूलो खाडल रहेको देखिएको हो । आर्थिक वर्ष २०७६/७७ यता एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । २०७६/७७ मा चार खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजश्वको लक्ष्य लिएकोमा जम्मा तीन खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने चार खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा तीन अर्ब रुपैयाँ बण्ढी राजश्व सङ्कलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको साढे ९५ प्रतिशत, २०७९/८० मा ५८ दशमलव चार प्रतिशत र आर्थिक वर्षमा २०८०/८१ मा लक्ष्यको जम्मा साढे ६७ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ । चालू आ...
क्षमताका आधारमा आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण

क्षमताका आधारमा आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाडौँ स्थानीय तह गठन भएको करिब आठ वर्षपछि पहिलोपटक वर्गीकरण गरिएको छ । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको वर्गीकरण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालयमार्फत क्याबिनेट पुगेको समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।  सङ्घीय सरकारमार्फत वितरण हुने समपूरक अनुदानलाई प्रभावकारी बनाउन आन्तरिक राजश्व सङ्कलन सूचकाङ्क, समृद्धिको अवस्था, उद्योगधन्दाको एकाग्रता सूचक, आर्थिक सामाजिक र पूर्वाधार अवस्था सहित राजश्व परिचालन सूचकाङ्क लगायत विभिन्न सूचकलाई आधार बनाएर पालिकाको वर्गीकरण गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी बताउँछन् । यसले स्रोतको अभावका स्थानीय तहले समपूरक अनुदानका लागि आवेदन नै गर्न नसक्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । यो आधारमा स्थानीय तहहरूलाई ‘समूह क’ देखि ‘समूह...
नेतृत्व छान्न मतदान सकियो, आजै गणना सुरु हुने

नेतृत्व छान्न मतदान सकियो, आजै गणना सुरु हुने

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । २३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आज मतदान भएको हो ।दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको पूर्वअध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।आजै रातिबाट मतगणना सुरु हुने तथा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम आउने विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए । अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । खुला र आरक्षण गरी नौ उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठजना प्रतिस्पर्धी छन् । यस्तै, नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाबीच भिडन्त छ भने एक कोषाध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् । ...
रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा युवा र युवती मृत भेटिएका छन् । १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकेन्द्रले चार दिन अघि सपनालाई विवाह गर्ने भन्दै भगाएर आफ्नो घर ल्याएका थिए । आज बिहान ९ बजे लोकेन्द्रको घरको अस्थायी टहरामा दुवै जनाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार लोकेन्द्रका बुबा र आमा उपचारका लागि नेपालगञ्ज गएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको र परिवारको उपस्थितीपछि मात्रै शव उठाउने बताएको छ ।  ...
काभ्रेमा आगलागीबाट एक महिलाको ज्यान गयो : फर्निचरसहित दुई घरमा क्षति

काभ्रेमा आगलागीबाट एक महिलाको ज्यान गयो : फर्निचरसहित दुई घरमा क्षति

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति भएको आगलागीमा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार राति साढे बजे श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा उद्योगका कामदार काठमाण्डौको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवी दङ्गालको जलेर ज्यान गएको हो । आगलागीमा घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आगोले फर्निचरसहित दुई घर जलेका छन् । बिजुली सर्ट भएर उद्योगबाट शुरू भएको आगो नजिकै रहेका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोमा पुगेको थियो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले निभाएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । आगलागीबाट फर्निचर उद्योगको ८०...
अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ

अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ । इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताउनुभएको थियो । आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । उहाँले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निक...
दारी ग्याङ रुपन्देहीको आयोजनामा भोलि  वक्तृत्वकला प्रतियोगिता हुँदै

दारी ग्याङ रुपन्देहीको आयोजनामा भोलि वक्तृत्वकला प्रतियोगिता हुँदै

ताजा अपडेट, विविध, शिक्षा, समाचार, स्थानीय
माघ ११ बुटबल । दारी ग्याङ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ । "गालामा दारी काधमा जिम्मेवारी" भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा प्रतिस्पर्धा गराउनेछ । कार्यक्रम बुटवलको नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा माघ १२ गते शनिबार प्रतियोगिता सञ्चालन हुनेछ । "सामाजिक सञ्जालले व्यक्तिगत जिवनमा पारेको प्रभाव" शीर्षकमा प्रतियोगिता हुने छ बिद्यार्थीहरुले उत्त शिर्षकमा रहि सामाजिक संजालका सकारात्मक र नकारात्मक विषयमा आफ्नो प्रस्तुति दिने छ्न । वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पधी मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति, र नेतृत्व क्षमता निर्माणको महत्वपूर्ण माध्यम ...
आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ ।थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फ...