रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए


काठमाण्डौ – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा युवा र युवती मृत भेटिएका छन् । १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकेन्द्रले चार दिन अघि सपनालाई विवाह गर्ने भन्दै भगाएर आफ्नो घर ल्याएका थिए । आज बिहान ९ बजे लोकेन्द्रको घरको अस्थायी टहरामा दुवै जनाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार लोकेन्द्रका बुबा र आमा उपचारका लागि नेपालगञ्ज गएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको र परिवारको उपस्थितीपछि मात्रै शव उठाउने बताएको छ । 

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...