काभ्रेमा आगलागीबाट एक महिलाको ज्यान गयो : फर्निचरसहित दुई घरमा क्षति


काठमाण्डौ – काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति भएको आगलागीमा एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार राति साढे बजे श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा उद्योगका कामदार काठमाण्डौको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवी दङ्गालको जलेर ज्यान गएको हो । आगलागीमा घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

आगोले फर्निचरसहित दुई घर जलेका छन् । बिजुली सर्ट भएर उद्योगबाट शुरू भएको आगो नजिकै रहेका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोमा पुगेको थियो ।

आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले निभाएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट फर्निचर उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...