विदेश

बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बढ्यो अमेरिकी डलरको मूल्यकाठमाडौँनेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रु...
क्यानद्वारा टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

क्यानद्वारा टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ । शनिबार विशेष कार्यक्रम आयोजना गरेर क्यानले विश्वकप खेल्ने टिमको बिदाई गरेको हो । नेपाली टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्ने तालिका छ । जस अनुसार श्रीलंका ए र कोल्ट्ससँग श्रीलंकामा जनवरी २०, जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने छ । त्यस्तै नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।क्यानले विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमदलाई छनौट गरेको छ । आईसीसी विश्वकप आगामी...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

Breaking news 2, ताजा अपडेट, विदेश, विविध, स्थानीय
थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् । सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ । राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १ सय ९५ जना यात्रु थिए । यद्यपि यो संख्या थपघट हुन सक्छ । थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री फिपात राचाकितप्रकर्नले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिनुभएको छ ।  ...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार उक्त घटनामा केही नेपाली पनि परेको भन्ने सूचना आफूले पाएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वयमा भइरहेको छ ।आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् । घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका भारतीय अधिकारीहरूको छ ।भारतस्थित नेपाली अधिकारीले घटनामा नेपाली पनि परेको हुन सक्ने बताइरहँदा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले आफ्नो पालिकाका नागरिक आगलागीको घटनामा परेको बताएका छन् ।उनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भइसकेको दाबी गरेका छन् ।घटनास्थलबाट मृतकका आफन्तल...
नेपाल शैक्षिक परामर्श संघ ‘इक्यान’को अधिवेशन सम्पन्न

नेपाल शैक्षिक परामर्श संघ ‘इक्यान’को अधिवेशन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
बुटवलनेपाल शैक्षिक परामर्श संघ इक्यानको २०औँ अधिवेशन सम्पन्न भएको छ। लक्ष्मण पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।जसको उपाध्यक्षहरूमा बासुदेब दाहाल ,विकल्प राज पोखरेल ,गीता शिवाकोटी ,महासचिवमा भवनाथ हुमागाईं , सचिवहरुमा सुरज सिलवाल,आशिक कार्की ,कोषाध्यक्षमा साधना पुडासैनी,सह–कोषाध्यक्षमा गोविन्द खनाल तथा कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे,उद्धव बन,विवेक बस्नेत,दामोदर शर्मा,अशोक कुमार हाथी,दिनेश पौडेल,सन्जीव पाण्डे ,शिवप्रसाद अर्याल,कमलप्रसाद तिमल्सिना निर्वाचित भएका हुन्।नव–निर्वाचित नेतृत्वले इक्यानलाई अझ सशक्त, पारदर्शी र विश्वसनीय संस्थाको रूपमा अगाडि बढाउने विश्वास सम्वद्ध व्यवसायीको रहेको छ। ...
अमेरिकासँग वार्ता गर्न इरान तयार, सैन्य कारबाहीको विकल्प सोचिरहेको ट्रम्पको भनाइ

अमेरिकासँग वार्ता गर्न इरान तयार, सैन्य कारबाहीको विकल्प सोचिरहेको ट्रम्पको भनाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
तेहरानस्वतन्त्रताको माग गर्दै सरकारविरुद्ध इरानमा चलिरहेको आन्दोलनमाथि सत्ता दमन चर्किंदै जाँदा त्यसको विरोधमा इरानी जनताप्रति ऐक्यबद्धता जनाउन विश्वभर प्रदर्शन सुरु भएको छ । चर्को मूल्यवृद्धिका कारण आक्रान्त बनेका इरानका व्यवसायीले गत २८ डिसेम्बरदेखि पसल बन्द गरेर थालेको सडक संघर्ष तेस्रो सातामा प्रवेश गर्दैगर्दा देशव्यापी बनेको छ । गत बिहीबारदेखि सरकारले देशभर इन्टरनेट तथा टेलिफोन सेवा नै बन्द गरेर आन्दोलनकारीमाथि तीव्र दमन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आइतबारसम्म कम्तीमा ५ सय ३८ को मृत्यु भएको अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । एचआरएएनएका अनुसार कम्तीमा १० हजार ६ सय प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।इरानमा चलिरहेको सडक प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आवश्यक परेमा इरानी सरकारविरुद...
५ महिनामा रेमिट्यान्स रकम ८ खर्ब ७० अर्ब पुग्यो

५ महिनामा रेमिट्यान्स रकम ८ खर्ब ७० अर्ब पुग्यो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, रेमिट्यान्स ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो । साथै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७०० अर्ब ४३ करोडभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार, पछिल्ल...
मेमोरी चिपको मूल्यमा विश्वव्यापी उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान, के हुन्छ असर ?

मेमोरी चिपको मूल्यमा विश्वव्यापी उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान, के हुन्छ असर ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी दिनहरूमा विश्वव्यापी मेमोरी चिपको मूल्यमा तीव्र वृद्धि हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले २०२६ को पहिलो त्रैमासिक (२०२६ को पहिलो त्रैमासिक) मा मेमोरी मूल्यमा उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान गरेका छन् । यो मुख्यतया चिप कम्पनीहरूले उपभोक्ता उपकरणहरूबाट एआई सर्भर उत्पादनमा ध्यान केन्द्रित गरेको कारणले हो । रिपोर्टहरू अनुसार, सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले यस त्रैमासिकमा सर्भर मेमोरीको मूल्य ७० प्रतिशतसम्म बढाउने तयारी गरिरहेका छन् । कोरिया इकोनोमिक डेलीको रिपोर्टका अनुसार यदि यो वृद्धि २०२५ मा भएको लगभग ५० प्रतिशत वृद्धिसँग जोडियो भने, मेमोरीको मूल्य २०२६ को मध्यसम्ममा लगभग दोब्बर हुन सक्ने उल्लेख छ ।साथै, सामसुङ, एसके हाइनिक्स र अमेरिकामा आधारित माइक्रोनले विश्वव्यापी मेमोरी उत्पादनको अधिकांश भाग नियन्त्रण गर्छन् । यी कम्पनीहरूले अब आफ्नो उन्नत उत्पादन ...
राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाई भेट: द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाई भेट: द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।विहिबार शितल निवासमा राष्ट्रपति पौडेलसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदूत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् । ...
जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।निर्देशिका अनुसार निश्चित म्यानपावरलाई सूचीकरण गरेर उनीहरूमार्फत नै श्रमिक पठाउने गरिएको थियो । अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् ।निर्देशिका खारेज भएसँगै जिट्को समेत खारेज भएको छ । अब सबै म्यानपावर व्यवसायीले श्रमिक पठाउने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्...