नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज


रुपन्देही
नेपाल–चीन मैत्री समाज, लुम्बिनीले चिनियाँ नयाँ वर्ष २०२६ (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विहीबार समाजको कार्यालय पुगताभूमि जेतवन विहार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चुङ हुवा बौद्ध विहार लुम्बिनीका टप म्यानेजमेन्ट मोङ्क पेनले नेपाल र चीनको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यो सम्बन्ध कहिल्यै नमेटिने बताउनुभयो । उहाँले नेपालमा सबै मानिसहरूलाई भेट्दा आफ्नै दाजुभाइलाई भेटेको जस्तो लाग्ने बताउनुभयो । लुम्बिनीमा रहेको चुङ हुवा बौद्ध विहारबारे जानकारी दिँदै यसले पनि सामीप्यता बढाएको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीले चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र जनताको प्रगतिको कामना गर्नुभयो । समाज अहिले जनस्तरमा नेपाल र चीनबीचको सम्बन्धलाई फैलाउने उद्देश्यका साथ अघि बढेको बताउनुभयो ।
विशिष्ट अतिथि अन्तर्राष्ट्रिय भिक्षु संघका संस्थापक अध्यक्ष भिक्षु मैत्रेयले नेपाल स्थापनाकालमा महामञ्जुश्रीको योगदानदेखि हालसम्म चीनले नेपालको उन्नति प्रगतिका लागि खेल्दै आएको भूमिकालाई बिर्सन नसकिने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका भिजिटिङ प्रोफेसर जिया हाइताव, नेपाल–चीन मैत्री समाज लुम्बिनीका निवर्तमान अध्यक्ष नारायण प्रसाद सापकोटा, चेम्बर्स अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछाने, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी बौद्ध विश्व विद्यालयका सह–प्राध्यापक डा. सागर न्यौपाने लगायतले शुभकामना दिनुभयो ।

समाजका अध्यक्ष मनिष कुमार जोशीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष डा. ऋषिराम शर्माको स्वागत, उपाध्यक्ष खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव जनकराज पन्तको सञ्चालनमा सम्पन्न भयो ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...