विदेश

इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसैसाता पुनः वार्ता सुरू हुने ट्रम्पको संकेत

इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसैसाता पुनः वार्ता सुरू हुने ट्रम्पको संकेत

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसै हप्ता वार्ता पुनः सुरू हुने संकेत गरेका छन् ।पाकिस्तानमा आइतबार २१ घण्टासम्म भएको प्रत्यक्ष वार्ता नतिजाविहीन बनेको थियो । अहिले अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ ।मंगलबार प्रकाशित न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले आगामी दुई दिनमा पाकिस्तानमा वार्ता पुनः सुरू हुन सक्ने बताएका छन् । ट्रम्पले सुरूमा वार्ता युरोपमा हुने बताएका थिए तर पछि फिर्ता बोलाएर उनीहरू इस्लामाबाद फर्कने ‘अधिक सम्भावना’ रहेको बताएको पत्रिकामा उल्लेख छ । इरानी पक्षले ट्रम्पको टिप्पणीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ूअत्यधिक सम्भावनाू रहेको बताएका छन् । रोयटर्स समाचार एजेन्सीका अनुसार खाडी, पाकिस्तानी र इरानी अ...
अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् ।ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए । यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज म...
सरकारलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको आग्रह

सरकारलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनको भारत भ्रमणको समाचार बाहिरिएको भन्दै भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्- सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु… तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए ...
होर्मुजमा इरानको नौसेनाले अमेरिकी जहाजलाई रोक्यो

होर्मुजमा इरानको नौसेनाले अमेरिकी जहाजलाई रोक्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँहोर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी युद्धपोतसँग सम्बन्धित घटनाले फेरि तनाव बढाएको छ । रिपोर्टअनुसार ईरानी नौसेनाले एक अमेरिकी जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्नबाट रोकेको दाबी गरिएको छ ।फार्स समाचार संस्थाका अनुसार अमेरिकी युद्धपोत संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहबाट होर्मुज तर्फ अघि बढिरहेको थियो । सो गतिविधि देखेपछि ईरानी सेनाले निगरानी बढाएको र यसबारे पाकिस्तानमा रहेको मध्यस्थ टोलीलाई जानकारी गराएको जनाइएको छ । त्यसपछि पाकिस्तानी मध्यस्थमार्फत तत्काल अमेरिकी पक्षलाई सन्देश पठाइएको बताइएको छ ।ईरानले पठाएको सन्देशमा यदि जहाज होर्मुज नजिक पुगेमा कारबाही गरिने चेतावनी दिइएको उल्लेख छ । चेतावनीमा जहाज अघि बढे ३० मिनेटभित्र निशाना बनाउन सकिने भनिएको थियो । यसैबीच, कडा सैन्य प्रतिक्रिया र कूटनीतिक चेतावनीपछि अमेरिकी युद्धपोतलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ । यसअघि...
चन्द्रमा अवलोकन गरेर १० दिनपछि पृथ्वीमा फर्कियो ‘आर्टेमिस-द्वितीय’ टोली

चन्द्रमा अवलोकन गरेर १० दिनपछि पृथ्वीमा फर्कियो ‘आर्टेमिस-द्वितीय’ टोली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियानको अन्तरिक्ष टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यसम्म अवलोकन गरेर करिब १० दिनपछि अन्तरिक्ष यात्रीको टोली शनिबार प्रशान्त महासागरमा सफल अवतरण गरेको हो। अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रा वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनेको छ। मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो। सैन्य हेलिकप्टरहरूले उनीहरूलाई एकएक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज यूएसएस जोन पी मुर्तासम्म पुर्‍...
अमेरिका र इरानबिच इस्लामाबादमा शान्ति वार्ताको तयारी

अमेरिका र इरानबिच इस्लामाबादमा शान्ति वार्ताको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिका र इरानबिचको शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। तर, वार्ता सुरु हुनुअघि नै इरानले आफ्ना पूर्वसर्तहरू पूरा हुनुपर्ने अडान राखेपछि अन्तिम समयमा आएर वार्ता सफल हुनेमा आशङ्का उब्जिरहेको छ।रानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकाले यसअघि रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा गर्ने र लेबनानमा युद्धविराम गर्ने सहमति जनाएको दाबी गर्दै ती प्रतिबद्धता पूरा नभएसम्म वार्ता सुरु नहुने स्पष्ट पारेका छन्।सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराक्चीको नेतृत्वमा रहेको करिब ७० सदस्यीय इरानी टोली इस्लामाबाद पुगेको हो। इरानी समाचार एजेन्सी तस्निमका अनुसार यो टोलीमा आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रका प्राविधिक विशेषज्ञदेखि सञ्चारकर्मीहरूसम्म सहभागी छन्। इस्लामाबाद पुगेपछि गालिबाफले इरान वार्ताका ...
इरान युद्धमा सहयोगका लागि नेटाेलाई दबाब दिँदै ट्रम्प

इरान युद्धमा सहयोगका लागि नेटाेलाई दबाब दिँदै ट्रम्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोलाई कडा चेतावनी दिएका छन्। साथै उनले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहोर्‍याएका छन् । ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नेटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नेटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पारे ।उनले ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “नाटो त्यहाँ थिएन जब हामीलाई उनीहरूको आवश्यकता थियो, र यदि हामीलाई तिनीहरूलाई फेरि आवश्यक पर्छ भने तिनीहरू त्यहाँ हुने छैनन् ।” उनले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गरे, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पारेनन् । पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताए । तर ...
लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंइजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेको छ। बुधबार गरिएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।आक्रमणमा ११ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको संख्या धेरै रहेकाले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कोर्प्सले उक्त आक्रमणको निन्दा गर्दै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ। आक्रमणको विरोधस्वरूप इरानले हर्मुज जलघाँटीबाट तेलका ट्यांकर बाहिरिनमा रोक लगाएको उल्लेख गरिएको छ। अर्ध–सरकारी फार्स न्युज एजेन्सीका अनुसार हर्मुज जलघाँटी बन्द गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्ने र १४ दिनका लागि युद्धविराम गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको थियो। सोही सहमतिअनुसार दुई वटा तेलका ट्यांकरले अनुमति लिएर जलघाँट...
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । ट्रम्पको यो घोषणा उनले तय गरेको अन्तिम समयसीमा सकिनुअघि आएको हो । यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको धम्कीका रूपमा समेत व्याख्या गरिएको थियो । सो अभिव्यक्तिको अमेरिकाभित्रै आलोचना भएको थियो । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको दाबी छ । यसले अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ ।ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गर्दै यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् । यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलप...
होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम

होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँअमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा अब विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ ।यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ । साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका मुख्य केबलहरू समेत बिछ्याइएका छन् । विशेषज्ञहरूका अनुसार यहाँ तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारतसहित विश्वका धेरै देशमा इन्टरनेटको गति सुस्त हुन सक्छ । उनीहरूले यो क्षेत्र ऊर्जा मात्र नभई डिजिटल दृष्टिले पनि अत्यन्त संवेदनशील ‘चोकपोइन्ट’ भएको बताएका छन् ।विश्वको करिब ९५ देखि ९७ प्रतिशत डेटा समुद्रभित्र बिछ्याइएका फाइबर केबलमार्फत प्रवाह हुने गर्छ । भारतलाई युरोप, अफ्रिका र पश्चिम एसियासँग जोड्ने ठूला केबल प्रणालीहरू यही मार्ग आसपासबाट गुज्रिन्छन् । केबलमा समस्या आएमा डेटा लामो वैकल्पिक मार्गबाट पठाउनु...