कहाँ छन मानवहादुर ?भेटेमा सम्पर्क गरिदिनु होला ।
कृष्ण अन्जाान भदौ २५ गुल्मी
पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा न ३ खस्यौली घर भएका साठी वर्षका मान बहादुर खडका यहि भदौ १७ गते देखि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।उनी पाल्पा देखी श्रीधर गौतम को साथमा भारतका बिजयावडा जान हिडेकोमा गोरखपुर देखी झाँसी सम्म ग्वालियर बरौनी मेलमा आएको र झाँसी देखि बिजयवाडा जानको लागि रेलको प्रतिक्षा गरिरहेका बेला सगैँ आएका साथी श्रीधर गौतम लाई म बाथरुम मा जान्छु भनी राति करिब आठ बजेर बीस जाँदा बाथरुमतिर लागेको बताईन्छ ।मान बहादुर खडका धेरै समय सम्म नफर्केपछी साथमा आएका श्रीधर गौतमले मान बहादुर खड्का का छोरा शंकर खड्का र भारतको ऐेलुरमा रहेका अशोक कुवर लाई खबर गरेर जानकारी गराएका थिए । मानबहादुर खड्का विगत ४ बर्ष पहिले सम्म आन्ध्रप्रदेशको बिजयावाडामा कार्यरत रहेका थिए यो क्षेत्रको भाषाको कुनै समस्या पनि थिएन ।रेल छुटेपछि उनी झाँसी,इटारस...








