रुपन्देहीको सुद्धोधन र सैनामैनामा सवारी दुर्घटना, २ जना युवाको मृत्यु, एक गम्भीर


बुटवल । रुपन्देहीका विभिन्न ठाउँमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा सोमबार दिउसो २ जनाको मृत्यु भएको छ । राजमार्ग सुरक्षा कार्यालय लुम्बिनी प्रदेश बुटवलको कार्यालयले दिएको जानकारी अनुसार सुद्धोधन गाउँपालिका र सैनामैनामा नगरपालिकामा भएको दुर्घटनामा युवाहरुले ज्यान गुमाएका हुन् ।

जिल्लाको सुद्धोधन गाउँपालिका–१ मा लु ५८ प ९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किएर चालक २५ वर्षीय सागर कुमालको मृत्यु भएको हो । सैनामैना–४ घर भएका उनी दुर्घटनामा परेपछि उद्दार गरी बुटलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यसैगरी पूव–पश्चिम राजमार्ग अन्तरगत सैनामैना–११ फयरलाइनमा बुटवलतर्फ आउँदै गरेको स्कुटरले सोही दिशामा हिंडीरहेको सब्जि बोक्ने ठेलालाई ठक्कर दिँदा ३६ वर्षीय विशाल कार्कीको मृत्यु भएको हो । कपिलवस्तुको बाणगँगा नगरापलिका–१ घर भएका उनलाई दुर्घटनापछि उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा मृत्यु भएको हो । उनीसँगै पछाडि सवार सोही ठाउँका ३२ वर्षीय शैलेन्द्र पाण्डेको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ठेला गुडाइरहेका व्यक्तिलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...