आज मगर संघ स्थापना दिवस मनाइंदै , बुटवलमा विदा


बुटवल,१५ फागुन । मगर समुदायले आज देश विदेशमा नेपाल मगर संघ स्थापना दिवस मनाउंदै छन् ।२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले फागुन १५ लाई विशेष महत्वका साथ मनाउंदै आएका छन् ।

आजको दिनमा सार्वजनिक विदा दिन मगर संघले माग गर्दै आएको छ । यस्तै नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि संघले माग गर्दै आएको छ ।

नेपाल मगर संघ बुटवलकी अध्यक्ष बसन्ती साठीघरेले स्थापना दिवसको अवसरमा संघले फागुन आज बुटवलमा भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने बताइन् ।

मूल समारोह हिलपार्क गेट पुर्वको बाजे बज्यै थान परिसरमा हुने संघका सचिव हेमन्त बुढाथोकीले बताए । आदिवासी जनजातीमध्ये मगर पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय हो ।

२०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । मगर संघ स्थापना दिवसको अवसरमा बुटवल उपमहानगर,तिलोत्तमा नगरपालिका लगायतका मगरहरुको बाक्लो उपस्थिति रहेका स्थानीय तहहरुले आज कतै शिक्षण संस्था त कतै स्थानीय तह मातहतका कार्यालयमा विदा दिएका छन् ।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...