सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य


१९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।‘किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको छ,’ स्रोतले भन्यो ‘किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो ।’ अब किसानले बिक्री गर्ने दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ ।

अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।किसानको मूल्यमै प्रतिलिटर ठूलो मूल्यवृद्धि गरिएपछि अब दूधको उपभोक्ता मूल्य सामान्य मानिसको पहुँच भन्दा महँगो हुने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन् । यस अघि गत २७ माघ २०७८ मा तत्कालीलन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवको स्वार्थमा गत वर्ष दूधको मूल्य वृद्धि गरिएको थियो । यस वर्ष पनि गतवर्ष जस्तै किसानको लागत मूल्य घटाउनेतर्फ भन्दा पनि सरकारले दूधको मूल्य बढाउने निर्णय गरेपछि यसबाट उपभोक्तालाई प्रत्यक्ष आहात पुग्ने छ ।राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो । दूधको मूल्य बढाउने पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‍मा पेश गरेको थियो ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...