स्थानीय

देशकै नमुना बन्न सक्छ बुटवल

देशकै नमुना बन्न सक्छ बुटवल

ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, स्थानीय
श्रीराम ज्ञवाली०७ साउन, बुटबलनेपालको राजधानी बाहिरका जिल््लाहरूमा विकासको हिसाबले अग्रभागमा आउने जिल्ला हो रुपन्देही ।देशको पूर्व पश्चिम भूभागको मध्यभागमा पर्ने जिल्ला हो। यस जिल्लामा एक उपमहानगर ५ नगरपालिका र १० गाउँपालिका गरी १६ पालिका रहेका छन । रूपन्देहीको हरेक हिसाबले अग्रभागमा आउने एकमात्र उपमहानगर हो बुटवल, बुटवल उपमहानगरपालिका व्यावसायिक सहरी भूभाग र केही कृषियोग्य भूभागहरू रहेका छन्। । सहरमा बाहिरी जिल्लाबाट बसाईसराई गरी रोजगारीका लागि व्यापार व्यवसायका लागि शिक्षा हासिल गर्नका लागि र गर्न र विशेषज्ञ स्वास्थ्य उपचारको लागि अन्य क्षेत्रहरुबाट नागरिकहरु आउने गर्छन् भने पश्चिम र दक्षिण भूभागमा कृषि योग्य जमिन रहेकाले कृषि व्यवसायका लागि मानिसहरुले उपयोग गरिरहेका छन् । भने प्रशस्त खाली जग्गा रहेकाले आधुनिक बस्ती निर्माण पनि बढ्दै गएको छ। हावापानीका हिसाबले हावापानीका हिसाबले ...
सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए

सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । यीसहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नाै वटा शवको सनाखत हुन सकेको छैन । अहिलेसम्म भार...

एक जना मन्त्री पनि नआएपछि प्रतिनिधिसभा बैठक स्थगित

Breaking news 3, ताजा अपडेट, विविध, स्थानीय
१७ असार, काठमाडौं । एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । १५ मिनेट पछि बसेको प्रतिनिधि सभाको बैठक अहिले जारी छ । ...
SEE परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई शंकरनगर दुर्गादत्त मा विले दियो शुभकामना ।।

SEE परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई शंकरनगर दुर्गादत्त मा विले दियो शुभकामना ।।

ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
१७ असार, शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा २ ले SEE परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २०८० सालको एसईई परिक्षामा आफ्नो बिद्यालयबाट राम्रो नम्बर ल्याउने तथा उत्तीर्ण सम्पुर्ण बिद्यार्थीलाई बधाई तथा उज्वल भबिस्यको शुभकामना दिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले विद्यालय परिसरमा र्याली समेत निकालेका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलको अध्यक्षतामा , प्रधानध्यापक चण्डी प्रसाद पाण्डेय स्वागत, सह- प्रधानध्यापक प्रकाश लाल श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम बोल्ने बक्त्ताहरुले राम्रो नम्बर ल्याएर पास हुने बिद्यार्थीलाई बधा...
२ किलोबाट सुरु गरेको , दैनिक करिब २ सय किलोको व्यापार गर्दै हैदराबादी मट्का दम बिरयानी

२ किलोबाट सुरु गरेको , दैनिक करिब २ सय किलोको व्यापार गर्दै हैदराबादी मट्का दम बिरयानी

ताजा अपडेट, समाचार, स्थानीय
असार ०५ , बुटबल हैदराबादी मट्का बिरयानी भने पछी धेरैको मुख रसाउने गर्छ । बुटबलको पुरानो बसर्पाकमा संचालनमा आएको हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ रेस्टुरेन्टको स्वादले धेरैको मन जितेको छ । करिब ४ बर्ष अगाडी देखि सुरु भएको मट्का बिरयानीले छोटो समयमा मिठो स्वाद दिएर ग्राहकको मन जित्न सफल भएको हो ।बुटवलका बासिन्दालाई हैदराबादी मट्का बिरयानी पस्किने व्यवसायी हुन्हुन्छ रोल्पाका जनक खड्का । ७७ हजार लगानीबाट २ किलो मासुको विरयानीबाट सुरु गर्नु भएको व्यावसायबाट खड्काले राम्रो सफलता प्राप्त गर्नु भएको छ । अहिले दैनिक सरदर झण्डै २ सय किलो मासुको बिरयानी पाक्छ ।परिबारको साथ र सहयोग सगै १९ जना श्रमिकलाई रोजगार दिनुभएका खड्का व्यावसायबाट सन्तुष्ट देखिनु हुन्छ । बुटवलमा हैदराबादी मट्का बिरयानीको सफलता संगै अन्य ठाउँमा पनी व्यावसाय विस्तार गर्ने उदेश्य राख्नु भएका उहाँले काठमाडौमा दुई ...
१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

Breaking news 1, समाचार, स्थानीय
११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ ...

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, स्थानीय
काठमाण्डाै - नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ । झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १  गते चिवाभञ्ज्याङ पुग्नेछ ।आज मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटमा झण्डा गाडेर १७ किलोमिटर पूर्वतर्फ बैतडी सदरमुकाम गोठालापानीमा जनसभा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आज नै अध्यक्ष ओलीले डडेल्धुरामा आयोजना हुने सभालाई सम्बोधन गर्ने तयारी छ । सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफ...
सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसोपख बादल लाग्ने र कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।...
पेट्रोल, डिजलको भाउ बढ्यो

पेट्रोल, डिजलको भाउ बढ्यो

ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले ...
काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

Breaking news 2, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
३० भदौ, काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।उनका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । ...