एमालेद्धारा अग्रज योद्वाहरु सम्मानित
कृष्ण अन्जान, गुल्मी । नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन अग्रजहरुकाे याेगदान प्रमुख रहेकाे आईतबार गुल्मीकाे थाेर्गामा आयाेजित कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन ।नेकपा एमाले रुरुक्षेत्र ३ वडा कमिटिले आयाेजना गरेकाे जेष्ठ कम्युनिस्ट कार्यकर्ताहरुका सम्मान र अभिनन्दन कार्यक्रममा बाेल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दिनेश पन्थीले नेपालमा वामपन्थीहरुकाे विरासत कायम गर्न अग्रज हरुकाे ठुलाे याेगदान रहेकाे बताए । यसरी अग्रजहरुलाई सम्मान र अभिनन्दन गरेर एमाले वडा कमिटीले उदाहरणीय काम गरेकाे र अरु ठाउले पनि सिक्नु पर्ने उनले धारणा राखे ।कार्यक्रममा बाेल्दै नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य कमल राज श्रेष्ठले निरंकुश कालरात्रिमा आफ्नो घरमा आश्रय दिने, लुकाउनेसँगै खान बस्न दिएर वामपन्थी आन्दोलनलाई मलजल गरेका अग्रजहरु सम्मानका पात्र भएकाे बताए ।
कार्यक्रममा थाेर्गाका पाक...








