सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए


काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ ।

खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यीसहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नाै वटा शवको सनाखत हुन सकेको छैन ।

अहिलेसम्म भारतीय नागरिक ऋषिपाल साह, विवेक कुमार, जयप्रकाश ठाकुर र सजाद अन्सारी, चितवनको माडीका विकास परियार, सर्लाहीको बरथहवाका रमितकुशर माझी, भरतपुरको पटहानीका सुदीप विक, बाराको विश्रामपुरका परमानन्द पण्डित, रौतहटको चन्द्रपुरका गणपति बसका चालक किशोरकुमार चौधरी, रौतहटकै गरुडाका अशोककुमार यादव, परोहाका ऋषिकुमार सिंह, बौधिमाईका अमृता कुमारी, पर्साकी चन्द्रप्रभा कुमारी र सर्लाहीको रामनगरका जितेन्द्रराम महराको शव पहिचान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एन्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा खसेका थिए । यी दुई बसमा चालकसहित ६५ जना यात्रु रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अरू ६२ जनामध्ये २३ वटा शव भेटिए पनि अझै ३९ जनाको अवस्था थाहा हुन सकेको छैन ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...