SEE परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई शंकरनगर दुर्गादत्त मा विले दियो शुभकामना ।।


१७ असार,

शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा २ ले SEE परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २०८० सालको एसईई परिक्षामा आफ्नो बिद्यालयबाट राम्रो नम्बर ल्याउने तथा उत्तीर्ण सम्पुर्ण बिद्यार्थीलाई बधाई तथा उज्वल भबिस्यको शुभकामना दिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले विद्यालय परिसरमा र्याली समेत निकालेका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलको अध्यक्षतामा , प्रधानध्यापक चण्डी प्रसाद पाण्डेय स्वागत, सह- प्रधानध्यापक प्रकाश लाल श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम बोल्ने बक्त्ताहरुले राम्रो नम्बर ल्याएर पास हुने बिद्यार्थीलाई बधाई दिदै आगामी शैक्षिक भबिस्यको शुभकामना दिनु भएको थियो । कार्यक्रममा अभिभावकको तर्फबाट पूर्वशिक्षक सिर्जना पन्थीले विद्यालयले हासिल गरेको उपलब्धिको उच्च प्रशंसा गर्दै थप प्रगतिको कामना गर्नुभएको थियो। यस बर्ष बिद्यालयमा उच्चतम ग्रेड ३.७८ सहित ३ जनाले ए प्लस, ८ जनाले ए, २० जनाले बि प्लस र ८ जनाले बि गरि ३९ जना विद्यार्थी उत्तीर्ण भएको प्रधानध्यापक पाण्डेले जानकारी दिनु भएको त्यहाँ बाट शिक्षक कृष्ण पन्थीले जानकारी दिनु भएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...