स्थानीय

शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द

शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिकाको कार्यपालीको बैठकका क्रममा शाखा प्रमुखमाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्। सोमबार दिउँसो १२ः१५ बजे गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको समयमा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरिएको थियो। बैठकमा आफ्नो विचार राख्ने क्रममा वडा नं. २ का वडा अध्यक्ष करम हुसेन खानले घिमिरेलाई गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए। गाउँपालिकाका कर्मचारीहरूका अनुसार वडाध्यक्ष खान यसअघि पनि कर्मचारीहरूमाथि गालीगलौज गर्ने, शाखामा तालाबन्दी गर्ने, अपशब्द प्रयोग गर्ने र दादागिरी देखाउने गर्दै आएका थिए। कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्त निन्दनीय र खेदजनक रहेको भन्दै कर्मचारीहरूले घटनाको घोर भर्त्सना गरे...
राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा फागुन ६ गते मङ्गलबार बुटबलको जितगढी किल्ला परिसरमा नृत्य दिवस मनाइने भएको छ। मौलिक कला ,संस्कृति झल्काउने खालका १५ टिमका नृत्यहरू उक्त कार्यक्रममा सहभागी हुनेछन् ।विशेषत लुम्बिनी प्रदेशसँगै बागमती प्रदेश, मधेस प्रदेश ,गण्डकी प्रदेशको प्रतिनिधिमूलक सहभागिता रहने सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए। अध्यक्ष शाहले ऐतिहासिक स्थल जितगढी किल्लामा कार्यक्रम आयोजना गरी यसको महत्व र प्रचारप्रसार हुने आशय रहेको बताए। उनले कार्यक्रमका लागि बुटवल नगरपालिकाले सहयोग गरेको र अन्य संघ,संस्थाहरूले पनि सक्दो सहयोग गरेको बताए । संघले गुरु मानेका भैरव बहादुर थापाको जन्मदिनलाई आधिकारिक नृत्य दिवस मान्न सरोकारवालासँग पहल गरिरहेको संघका उपाध्यक्ष मिना बुढाथोकीले बताइन्। बुटवल ...
पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
३ फागुन, पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको होइलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो । ...
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक–२०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो विधेयक तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गराउनुभएको थियो । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर राष्ट्रिय सभाले विधेयक पारित गरेको हो । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानले काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै रहने भन्दै विज्ञ तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन् । राष्ट्रियसभाको अर्को बैठक आउँदो फागुन ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । ...
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न

राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक एमाले पाटि कार्यालय तम्घासमा सोमबार सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जङ्ग नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, विशेषअतिथि प्रेस चाैतारि नेपालका पुर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी का सदस्य कपुर घिमिरे , राष्ट्रिय युवा सङ्घ प्रदेश कमिटीका सचिब सन्ताेस वलि ,प्रदेश कमिटी का काेषाध्यक्ष डेन्जिङ रायमाझी लगाएत काे उपस्थिती रहेको बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले पालिका कमिटीको बैठक फाल्गुन महिनाको पहिलो हप्ताभित्र सम्पन्न गर्ने ,पालिका बैठकले वडा कमिटी गठन गर्ने ,प्रशिक्षण कार्यतालिका र साईवर सर्कल निर्माण गर्ने ,एक पालिका एक रचनात्मक कार्य अनिवार्य गर्ने ,पार्टीकाे ३ महिने वडा क...
नेकपा रुपन्देहीद्वारा  कार्यकर्ता प्रशिक्षण

नेकपा रुपन्देहीद्वारा कार्यकर्ता प्रशिक्षण

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
विनोद खनाल बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल र भैरहवामा गरि दुई चरणमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको उत्तरीभागका पालिकाहरुको बुटवलमा र दक्षिणीभागका पालिकाहरुको भैरहवामा शुक्रबार र शनिवार गरि दुईदिन पार्टी सदस्य तथा अगुवा कार्याकर्ताहरुलाई समेटेर प्रशिक्षण दिइएको थियो । पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेका दुबै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पुजीपति तथा भ्रष्टहरुले कब्जा गरेको भन्दै पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार...
प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा नारायण प्रभात मरासिनी

प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा नारायण प्रभात मरासिनी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गोकर्ण पाण्डे गुल्मी प्रेस चौतारी नेपाल गुल्मी को अध्यक्षमा नारायण प्रभात मरासिनी सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार सम्पन्न १०औं जिल्ला अधिवेशनले झण्डै डेढ दशक देखि पत्रकारिता गरिरहेका संचार पत्रका प्रधान सम्पादक समेत रहेका मरासिनीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अर्जुन भण्डारी, महिला उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा सूर्य सुनार, सह-सचिवमा गोकर्ण पाण्डे,महिला सह सचिवमा स्नेहा नेपाली र कोषाध्यक्षमा विष्णु पाण्डे( कोसिस) निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरूमा रामकृष्ण कँडेल, सज्जन ढकाल,लक्ष्मण सुनार, चिरञ्जीवी ज्ञवाली निर्वाचित भएका छन् । अधिवेशनले ज्ञानबहादुर महतरा र गगनशिला खड्का लाई केन्द्रीय प्रतिनिधि, लोकप्रसाद छन्त्याल, गंगा खड्का प्रदेश प्रतिनिधिमा चयन गरेको छ । ...
प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलप्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन चार दिन पछि सरेको छ । यसअघि माघ २४ गतेका लागि अधिवेशन तय गरिएकोमा प्राविधिक कारणवश माघ २८ गतेका लागि अधिवेशन गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार गरी दुईवटा पुरस्कार वितरण गरिनेछ । त्यस्तै संस्थाको कल्याणकारी कोषमा २५ हजारदेखि माथि सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए । जिल्ला अधिवेशनको अवसरमा चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने अध्यक्ष पौडेलले बताए । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
काठमाण्डौ – पूर्वाधार विस्तारका कारण गएको कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आएको छ ।यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ । पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएपछि विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत भइरहेको काम चैत १८ गतेभित्र सक्ने लक्ष्य राखिएको छ । ...
जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा स्थित श्रृङ्गेश्वरधाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण र विस्तारका लागि सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ संचालन हुने भएको छ ।यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमदभागवत ज्ञान बिज्ञान श्रीङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रीङ्गारिक महाआरती २०८१ भब्य रुपमा संचालन हुनेछ । महायज्ञमा प्रमुख कथा बाचकको रुपमा पुज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्नु हुनेछ भने रास्ट्रीय कलाकारहरूको प्रस्तुति रहनेछ। हाल सचालनमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गर्ने र आधुनिक सेवा सुबिधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गरिएको हाे । उक्त मिलन केन्द्रले जेष्ठ नागरिकलाई दिनभर ध्यान , ज्ञान , भजनकृतन ,मनोरञ्जन गर्ने कार्यक्रम गर्ने र खाजाको समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिकलाई घर बाट ल्य्ल्याउने र छोड्न ज...