स्थानीय

गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

ताजा अपडेट, समाचार, स्थानीय
२९ साउन, गुल्मी । गुल्मीमा उद्योग व्यवसाय बन्द गर्नेको संख्या बर्सेनि बढ्न थालेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा बन्द हुनेमा साना उद्योग र वाणिज्य फर्मको संख्या धेरै छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक ९ वटा, कृषि तथा पशुजन्य ५० वटा, पर्यटनमूलक ६५, सेवामूलक ३८ गरी कुल १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ १८७ प्राइभेट फर्म बन्द भएका छन् । गत आर्थिक वर्षमा ७३ वटा नयाँ उद्योग दर्ता र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे बताए । वाणिज्यतर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । गत आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा साना उद्योगतर्फ १३२ वटा बन्द भएका छन् । यो वर्ष वाणिज्यतर्फ १८४...
मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन्।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए। ...
बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२७ साउन, बागलुङ । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।बडिगाडमा केही समयअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन ।बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको...
अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको सङ्ख्या ४७ पुग्यो

अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको सङ्ख्या ४७ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
प्रतीकात्मक तस्बिर काठमाण्डौ – पाँच वटा जिल्लामा हैजाको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४७ जनामा हैजा देखिएको छ । यसअघि ललितपुर, काठमाण्डौ, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा आठ जना, काठमाण्डौ र प्युठानमा समान दुई/दुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । हैजा थप फैलिँदै गएको छ । यो ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य ...
पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणा मूलक तालिम

पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणा मूलक तालिम

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
तिलोत्तमा। पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा २ जानकीनगरले विद्यार्थीलाई उत्प्रेरणामूलक ताालिम दिएको छ ।कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थालाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुसी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणामूलम तालिम दिइएको हो ।कार्यक्रममा प्रशिक्षक मनिषदेव मिश्रले व्यक्तित्व विकास, नेतृत्व विकास र जीवनमा सफलता प्राप्त गर्नका लागि गर्नुपर्ने कार्यहरुलाई समेटेर उत्प्रेरणामूलक प्रशिक्षण दिएका थिए । प्रशिक्षक मिश्रले सफल जीवनका लागि शिक्षा र सफलताका लागि लक्ष्य निर्धारण आवश्यक रहेको बताएका थिए ।विद्यालयका प्राचार्य गोपाल गौतमले विषयगत ज्ञानका अलावा विद्यार्थीलाई अन्य विषयमा पनि प्रशिक्षण आवश्यक हुने भएकाले विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । विद्यार्थीलाई सही ...
छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाको ज्यान गयो

छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाको ज्यान गयो

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भै हाल बुटवल गोलपार्कमा खाजा पसल संचालन गदै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे छाडा चौपायाले कुल्चेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।यही साउन २० गते सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडीरहेकी सीतालाई कुल्चीएको हो । घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो । सीता बुटवल गोलपार्कमा सामान्य खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । बुटवलको सडकमा रहेका छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । ...
बुटवलमा जलश्रोत ऐनबारे छलफल

बुटवलमा जलश्रोत ऐनबारे छलफल

ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल, २५ साउन । बुटवल उपमहानगरपालिकाले जलश्रोत उपयोग ऐनबारे बुटवलभित्रका खानेपानी समितिहरुसँग छलफल गरिएको छ । बुटवल भित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीसँग जलश्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्था अनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको हो ।बिहीबार आयोजित कार्यक्रममा जलश्रोत ऐनका बारेमा अधिवक्ता घनश्याम पन्त र खानेपानी समितिको अधिकारका बारेमा ध्रुव धितालले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै खानेपानी समितिहरुलाई नीति र विधिमा रहदै विधानसम्मत तरिकाले सञ्चालन गर्न आग्रह गर्नुभयो ।उहाँले उपभोक्ता र समिति दुवैलाई लाभ हुने गरी र नियममा रहन मदत पुग्ने गरी जलश्रोत ऐन बनाएको बताउनु भयो । उहाँले केही समितिहरुले मनपरी रुपमा शुल्क निर्धारण गर्ने, तोकिएको अवधिभित्र अधिवेशन र साधारण सभा नगर्ने र व्यक्ति केन्द्रि...
संघीय निजामती ऐनको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले थाल्यो बृहत हस्ताक्षर अभियान

संघीय निजामती ऐनको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले थाल्यो बृहत हस्ताक्षर अभियान

ताजा अपडेट, विविध, समाचार, स्थानीय
साउन २५ बुटबल कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबार देखि बृहत हस्ताक्षर अभियान शुरु गरेको छ । लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग रुपन्देही संगठनले गरेको हो। संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले हस्ताक्षर अभियान शुरु गरेको अवसरमा सरकारले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारी मैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको भन्दै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर अभियानमा सहयोग गर्न आव्हान समेत गरेका थिए । संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले विगत १० वर्षदेख...
पश्चिम नेपालको तराईमा ‘गुडिया’ पर्व मनाइँदै

पश्चिम नेपालको तराईमा ‘गुडिया’ पर्व मनाइँदै

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बाँके – आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमी पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । आजको दिन यो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउने गर्दछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिह्नाे तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । यो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने धार्मिक विश्वास रहिआएको छ । त्यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अ...
त्रिभुवन विमानस्थलबाट उड्नै लाग्दा पार्किङमै फर्काइयो श्री एयरलाइन्सको विमान

त्रिभुवन विमानस्थलबाट उड्नै लाग्दा पार्किङमै फर्काइयो श्री एयरलाइन्सको विमान

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमै ल्याइएको हो। आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्।  ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासि विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन्। सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरबाही भएको बताइन्। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भ...