नेकपा रुपन्देहीद्वारा कार्यकर्ता प्रशिक्षण


विनोद खनाल

बुटवल

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल र भैरहवामा गरि दुई चरणमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको उत्तरीभागका पालिकाहरुको बुटवलमा र दक्षिणीभागका पालिकाहरुको भैरहवामा शुक्रबार र शनिवार गरि दुईदिन पार्टी सदस्य तथा अगुवा कार्याकर्ताहरुलाई समेटेर प्रशिक्षण दिइएको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेका दुबै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पुजीपति तथा भ्रष्टहरुले कब्जा गरेको भन्दै पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार रहेको जिकिर गर्दै उनले सहिदको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी प्रमुख अतिथि बसन्त सीले कम्युनिस्टहरु सबै परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताउँदै भारत लगाएत बिश्वका कम्युनिस्ट आन्दोलनहरुबाट समेत शिक्षा लिइ अगाडि बढनु पर्नेमा जोडदिए । पार्टीको पछिल्लो केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय भएको बताउँदै भ्रष्ट दलाल सत्ताको भण्डाफोर निर्वाचनको माध्यमबाट गर्नुपर्ने र मुलुकलाई समाजवादमा रुपान्तरण गर्न सबै देशभक्त र कम्युनिस्ट शक्तिहरु एकजुट हुन आह्वान समेत गरे । अर्को प्रसङ्गमा श्रम र उत्पादनसँग नजोडिएको राजनैनिक नेतृत्वले वास्तविक अर्थमा किसान मजदुरकोपक्षमा काम गर्न नसक्ने उल्लेख गर्दै आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता कार्यकर्ताको अवधारणा अनुसार आफ्नो पार्टिले काम गरिरहेको नेता बसन्तले बताए ।

यसैगरी उक्त प्रशिक्षण कार्यक्रममा समाजवादी मधेसी मुक्तिमोर्चाका अध्यक्ष विनोद सीले मधेस आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी तथा मधेसी जनताहरुले ठुलो बलिदानी गरेको बताउँदै आन्दोलनका उपलब्धिलाई रक्षागर्दै नेपाली विशेषताको समाजवाद मार्फत थप ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए । यस्तै प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य शरद सीले स्थानीय सत्तामा हुने अनियमितता तथा भ्रष्टाचारहरुको भण्डाफोर गर्नुपर्नेमा जोडदिंदै रुपन्देही जिल्लामा गर्ने संगठन बिस्तार तथा संघर्षका योजनाबारे स्पष्ट पारेका थिए। केन्द्रीय सदस्य बिश्वास सीले पार्टीले उत्पादनमा जोड दिएको उल्लेख गर्दै उत्पादनका आगामी कार्यक्रमबारे प्रकाश पारे । अर्का केन्द्रीय सदस्य नवीन सीले आफ्नो पार्टी अरु दलाल संसदीय पार्टी भन्दा किन फरक छ? हामी किन फरक छौं ? किन हाम्रो पार्टी सबैको समर्थन जोडिन आवस्यक छ भन्ने विषयमा स्पस्ट पारे केन्द्रीय सदस्य उषा सीले मधेसी महिलाहरुले नेपालको क्रान्तिकारी आन्दोलनमा खेलेको महत्त्वपूर्ण भुमिकाबारे चर्चा गरिन ।

पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही सेक्रेटरी बिरेन्द्र सीको संचालनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रीय सल्लाहकार जितबहादुर सी, केन्द्रीय सदस्य जया सी, केन्द्रीय प्रतिनिधि सदस्यहरू शंकर सी, योगेन्द्र सी, राजु सी लगाएतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा एमाले माओवादी राप्रपा लगाएतका बिभिन्न पार्टी बाट दुई दर्जन बढि नेता कार्यकर्ता प्रवेष गरेको जिल्ला सेक्रेटरी बिरेन्द्र सीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

काठमाडौँस्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान ...
बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...