शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द


रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिकाको कार्यपालीको बैठकका क्रममा शाखा प्रमुखमाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्।

सोमबार दिउँसो १२ः१५ बजे गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको समयमा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरिएको थियो। बैठकमा आफ्नो विचार राख्ने क्रममा वडा नं. २ का वडा अध्यक्ष करम हुसेन खानले घिमिरेलाई गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए।

गाउँपालिकाका कर्मचारीहरूका अनुसार वडाध्यक्ष खान यसअघि पनि कर्मचारीहरूमाथि गालीगलौज गर्ने, शाखामा तालाबन्दी गर्ने, अपशब्द प्रयोग गर्ने र दादागिरी देखाउने गर्दै आएका थिए। कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्त निन्दनीय र खेदजनक रहेको भन्दै कर्मचारीहरूले घटनाको घोर भर्त्सना गरेका छन्।

यस्तै, दोषीमाथि कडा कारबाही नभएसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको कर्मचारी संगठनहरूले बताएका छन्। यसले सेवाग्राहीलाई असुविधा भए पनि बाध्यात्मक निर्णय गरिएको भन्दै कर्मचारीहरूले क्षमा याचना गरेका छन्।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...