शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द


रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिकाको कार्यपालीको बैठकका क्रममा शाखा प्रमुखमाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्।

सोमबार दिउँसो १२ः१५ बजे गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको समयमा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरिएको थियो। बैठकमा आफ्नो विचार राख्ने क्रममा वडा नं. २ का वडा अध्यक्ष करम हुसेन खानले घिमिरेलाई गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए।

गाउँपालिकाका कर्मचारीहरूका अनुसार वडाध्यक्ष खान यसअघि पनि कर्मचारीहरूमाथि गालीगलौज गर्ने, शाखामा तालाबन्दी गर्ने, अपशब्द प्रयोग गर्ने र दादागिरी देखाउने गर्दै आएका थिए। कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्त निन्दनीय र खेदजनक रहेको भन्दै कर्मचारीहरूले घटनाको घोर भर्त्सना गरेका छन्।

यस्तै, दोषीमाथि कडा कारबाही नभएसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको कर्मचारी संगठनहरूले बताएका छन्। यसले सेवाग्राहीलाई असुविधा भए पनि बाध्यात्मक निर्णय गरिएको भन्दै कर्मचारीहरूले क्षमा याचना गरेका छन्।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...