गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार
गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको हो ।क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ ।क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पस को हलमा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे ले बताए ।मतगणकहरूलाई जालीभित्र राखेर सीसीटिभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ ।मतगणनामा सहभागी उम्मेदवारका प्रतिनिधिहरूलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् ।तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् ।
...








